शनिबार, कात्तिक १, २०८२

टी२० लिग: लुम्बिनीसँग विराटनगर १३ रनले पराजित

नेपाल टी२० लिग अन्तर्गत आज भएको दोस्रो खेलमा लुम्बिनी अल स्टारले विराटनगर सुपर किङलाई १२ रनले पराजित गरेको छ।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

काठमाडौं– नेपाल टी२० लिग अन्तर्गत आज भएको दोस्रो खेलमा लुम्बिनी अल स्टारले विराटनगर सुपर किङलाई १२ रनले पराजित गरेको छ। लुम्बिनीले दिएको १२३ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा सबै विकेट गुमाएर ११० रन मात्रै बनाउन सक्यो। 

Kumaribank

विराटनगरको लागि अर्जुन साउदले सर्वाधिक ४१ रन बनाए। उनले ४५ बलमा ४ चौको सहयोगमा ४१ रन बनाएर बोल्ड आउट भए। यस्तै बिबेक यादवले १९ रन, गौरांशु शर्माले १२ रन, पृथ्यु बास्कोटाले ११ रनको योगदान दिए। 

यता लुम्बिनीका लागि तिलक भण्डारी, ह्यारी र श्याटली भानले समान २ विकेट लिए। कप्तान दिपेन्द्र सिंह ऐरी, हारमीत सिंह, किशोर महताले समान १ विकेट लिए।  

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १२२ रन बनाएको हो। लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रन बनाए। कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल शाह समान १३–१३ रनमा आउट भए। 

विराटनगरका लागि विवेक यादव, सूर्य तामाङ र नन्दन यादवले समान २–२ विकेट लिए। कियोन जोसेफ र राज नाननले समान १–१ विकेट लिए। यस जितसँगै ७ खेल खेलेर ६ जित हात पारेको लुम्बिनी १२ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहँदै लुम्बिनी प्लेअफमा पुगेको छ।

Metro Mart

प्रकाशित: Jan 01, 2023| 17:22 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।