शनिबार, कात्तिक १, २०८२

बलिउड फिल्मको सिन र संवादमा समेत लेखिएका पेले

सन् १९७७ मा पहिलोपटक भारत आएपछि भारतसँग पेलेको सम्बन्ध अझै बाक्लिएको थियो। ती दिन न्युयोर्क कसमस टिमका तर्फबाट फुटबल म्याचका लागि भाग लिन पेले कलकत्ता आएका थिए।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

भारतीय फुटबल प्रेमीहरूको मनमा म्याराडोनाका लागि जति प्रेम थियो, त्यति पेलेको लागि पनि थियो। भारतका दर्शक र फिल्म मेकरका मनमनमा पेले अनेक किस्सा भएर जोडिए। 

Kumaribank

सन् १९७७ मा पहिलोपटक भारत आएपछि भारतसँग पेलेको सम्बन्ध अझै बाक्लिएको थियो। ती दिन न्युयोर्क कसमस टिमका तर्फबाट फुटबल म्याचका लागि भाग लिन पेले कलकत्ता आएका थिए। 

एयर इन्डियाको विमानबाट सन् १९७७ डिसेम्बर २२ को राति कलकत्ता पुग्दा एयरपोर्टको बाहिर अचम्मको स्थिति उत्पन्न भएको थियो। उनका फ्यान देखेर फिल्म निर्देशक राही मासूम रजाले फिल्मको सिन नै लेखेका थिए।

सन् १९७९ मा आएको बलिउड कमेडी फिल्म गोलमाल ऋषिकेश मुखर्जीले निर्देशन गरेका हुन्। साहित्यकार तथा फिल्म लेखक राही मासूम रजाले गोलमाल फिल्ममा पेलेका बारेमा एक संवाद लेखेका थिए। फिल्मको एक दृष्यमा खेलप्रेमी उत्पल दत्तले फिल्मका हिरो अमोल पालेकरसँग जागिरका लागि लिएको अन्तर्वार्तामा पेलेको बारेमा सोध्छन्, ‘ब्लैक पर्लको बारेमा केही भन।’

‘हजुर मोति कालो पनि हुन्छ भन्ने मलाई थाहा छैन’ भनेका थिए हिरो आमोल पालेकरले। तब उत्पल दत्त भन्छन्, ‘म फुटबलर पेलेका बारेमा सोधिरहेको छु।’

Metro Mart

खेलमा खासै रूची नभएजस्तै गरेर पालेकर पेलेलाई नचिनेझैं गर्छन्। फेरि केही छिनपछि सोचेर बोल्छन्, ‘हो मैले अखबारमा पढेको थिएँ कि उनलाई हेर्नका लागि एयरपोर्टमा ३० देखि ४० हजार पागल आधी रातमा जम्मा भएका थिए।’

‘पेलेको स्वागत राजाको जस्तो होइन बरू विजयी सम्राटको झैं गरिएको थियो। उनलाई हेर्न मध्यरातमा यस्तो भीड कहिल्यै भएको थिएन,’ २३ सेप्टेम्बर १९७७ मा कलकत्ताको प्रमुख अखबार 'आनन्द बजार' मा पनि लेखेको थियो।

प्रकाशित: Jan 01, 2023| 16:22 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।