काठमाडौं– जारी नेपाल टी२० लिग अन्तर्गत जारी आजको दोस्रो खेलमा लुम्बिनी अल स्टारले विराटनगर सुपर किङलाई १२३ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १२२ रन बनाएको हो। लुम्बिनीका लागि कपतान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रन बनाए। कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल शाह समान १३–१३ रनमा आउट भए।
विराटनगरका लागि विवेक यादव, सूर्य तामाङ र नन्दन यादवले समान २–२ विकेट लिए। कियोन जोसेफ र राज नाननले समान १–१ विकेट लिए।
लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ भने विराटनगर ५ खेलमा ४ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ।