शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • हेलिकप्टरबाट पुष्पवृष्टिसहित प्रधानमन्त्रीले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

हेलिकप्टरबाट पुष्पवृष्टिसहित प्रधानमन्त्रीले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरामा आज आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्रीले विमानस्थल उद्घाटन गरेका हुन्।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका छन्। पोखरामा आज आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्रीले विमानस्थल उद्घाटन गरेका हुन्।

National life

उद्घाटन समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति छ। कार्यक्रमका दौरान हेलिकोप्टरमार्फत् पुष्पवृष्टि गरिएको थियो भने विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।

चीनको ऋण तथा अनुदान सहयोगमा निर्मित विमानस्थल उद्घाटन समारोहको जिम्मेवारी पोखरा महानगरपालिकाले पाएको छ। महानगरले यसलाई एउटा उत्सवको रुपमा लिँदै आज पोखरामा सार्वजनिक बिदा दिएको छ भने साँझ घरघरमा दीपावली गर्न पोखरावासीलाई अनुरोध गरेको छ। 

अंग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसर पारेर विमानस्थल सञ्चालनमा आएको हो। पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको बुद्ध एयरको जहाजलाई पानीको फोहोराले स्वागत गरिएको थियो। सोही जहाजबाट पोखरा उत्रिएका प्रधानमन्त्री दाहाललगायतलाई रातो कार्पेट विच्छाएर फूलमाला र पञ्चकन्याले स्वागत गरेका थिए।

अन्तर्राष्ट्रिय उडानको प्रक्रिया पूरा भइनसकेकोले आइतबार आन्तरिक उडानमात्र भएको बताइएको छ। पोखरास्थित पुरानो विमानस्थलमा पनि उडान रोकिने छैन। ठूला जहाज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे पनि साना जहाज पुरानो विमानस्थलमा अवतरण गर्न पाउँछन्।

Laxmi sunrise bank
kumari

मुस्ताङको जोमसोम र मनाङको हुम्देमा पुरानो विमानस्थलबाटै उडान हुनेछ भने हेलिकप्टर पनि पुरानो विमानस्थलबाटै उडान तथा अवतरण गर्ने बताइएको छ।

प्रकाशित: Jan 01, 2023| 13:58 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।