शनिबार, कात्तिक १, २०८२

टी२० लिग: जनकपुरलाई हरायो काठमाडौंले

जारी पहिलो संस्करणको नेपाल टी२० लिग अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौं नाइट्स ९० रनले विजयी भएको छ।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

काठमाडौं– जारी पहिलो संस्करणको नेपाल टी२० लिग अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौं नाइट्स ९० रनले विजयी भएको छ। त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १८१ रन पछ्याएको जनकपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो। 

Kumaribank

जनकपुरका लागि शराफुद्दीन अशरफले सर्वाधिक ३७ रन बनाए। त्यस्तै  सोमपाल कामी २१ रनमा अविजित रहे भने खड्क बोहोराले १० रन  बनाए। काठमाडौंका लागि अभिनास बोहोराले सर्वाधिक ४ विकेट लिए। त्यस्तै जमातुल्लाह उमरजाईले २ विकेट लिँदा कमल सिंह ऐरी, अनिल खरेल र बसिर अन्सारीले समान १–१ विकेट लिए। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो। उसका लागि सुनाम गौतमले ६२ रन, रायन बर्लले ६१ रन र एलेक्स ब्लेकले २० रन बनाए।

जनकपुरका लागि जितेन्द्र मुखियाले २, शरफुदिन असरफ र कप्तान ट्राभोन ग्रिफिथले समान १–१ विकेट लिएका थिए। यो जितसँगै काठमाडौं ५ खेलबाट ६ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। यता ६ खेलमा चार जित निकालेको जनकपुर ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।

प्रकाशित: Jan 01, 2023| 12:47 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।