शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • गण्डकी प्रदेश माओवादी संसदीय दलको नेतामा हरिबहादुर चुमान चयन

गण्डकी प्रदेश माओवादी संसदीय दलको नेतामा हरिबहादुर चुमान चयन

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशको संसदीय दलको नेतामा हरिबहादुर चुमानलाई चयन गरेको छ।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

पोखरा- नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशको संसदीय दलको नेतामा हरिबहादुर चुमानलाई चयन गरेको छ। आइतबार बिहान चुमानलाई सर्वसम्मत दलको नेता चयन गरिएको बताइएको छ।

National life

दलको नेता छान्न केन्द्रीय सदस्यसहित प्रदेश कमिटीको बैठक शनिबारदेखि जारी थियो। कृष्णप्रसाद धितालको दाबी रहे पनि उनले दाबी छाडेसँगै चुमान दलको नेता सर्वसम्मत चयन भएका हुन्।

तनहुँ १ (ख) बाट निर्वाचित चुमान अघिल्लो पटकको पनि दलको नेता हुन्। पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए। चुमान माओवादी केन्द्रका महासचिव देव गुरुङ निकट मानिन्छन् ।

गोरखा १ (ख) बाट निर्वाचित धिताल वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट सांसद हुन्। दलको नेता नभएका धिताल गण्डकीको सभामुख बन्ने सम्भावना छ।

प्रकाशित: Jan 01, 2023| 10:35 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।