शुक्रबार, साउन १, २०८३

नेपालका गैंडा बचाउन केपटाउन-काठमाडौं सडक यात्रा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपालमा भइरहेको गैंडा संरक्षण अभियानप्रति दक्षिण अफ्रिकी ऐक्यबद्धताको सन्देश बोकेर गैंडा संरक्षण अभियन्ताहरू सडकमार्गबाटै नेपाल भ्रमणमा निस्किएका छन् ।

इन्ट्रेपिडका अन्वेषक किंग्सले हलगेट नेतृत्वको टोली तीन वटा ल्यान्डरोभर गाडीमा अफ्रिकाको सन्देश बोकी विश्व शान्ति नोबेल पुरस्कार विजेता अफ्रिकी नेता नेल्सन मन्डेला दिवसको अवसर पारेर १८ सेप्टेम्बरमा अभियानमा निस्केको हो ।

टोलीले दक्षिण अफ्रिकाबाट युरोप र पुरातन एसियाली भूमि हुँदै नेपालसम्मको यात्रामा १९ वटा मुलुक र १७ हजार किलोमिटर तय गर्नेछ ।

उनीहरू १९ वटा मुलुक छिचोल्दै १७ हजार किलोमिटरको दूरी तय गरेर क्रिसमस डे अर्थात् आगामी डिसेम्बरमा नेपाल आइपुग्ने योजना छ । नेपाल र दक्षिण अफ्रिकाबीच पहिलो पटक कार्यान्वयनमा ल्याइएको युवा लक्षित गैंडा संरक्षण अभियानको दक्षिणअफ्रिकी टोली नेपाली बालबालिकाको सन्देश बोकेर स्वदेश फर्किनेछ ।

इन्ट्रेपिडका अन्वेषक किंग्सले हलगेटको केपटाउनदेखि काठमाडौंसम्मको यो यात्रा गैंडा संरक्षणमा केन्द्रित छ । उनी गैंडा शिकारविरुद्ध दक्षिण अफ्रिकी युवाको सन्देश बोक्दै स्थलमार्गबाट चितवन राष्ट्रिय निकुञ्जसम्म आइपुग्न शनिबार केपटाउनबाट प्रस्थान गरेका छन् ।

सफलताको कथा

भियतनाम र चीनमा गैंडाको खागको उच्च मागका कारण अफ्रिकामा झैं एसियामा डरलाग्दो रूपमा गैंडाको शिकार भइरहेको छ । अहिले विश्वमै जम्मा दुई हजारको संख्यामा सीमित एकसिंगे जंगली गैंडामध्ये चितवन राष्ट्रिय निकुञ्ज र भारतको काजिरंगा राष्ट्रिय निकुञ्जमा एक सयभन्दा बढीको संख्यामा छन् ।

‘चीनतर्फ तस्करीका अनेक प्रयासका बावजुद चितवन निकुञ्जले गैंडा संरक्षणमा सफलता पाएको छ,’ अभियानमा निस्किनुअघि किंग्सलेले भने ।

नेल्सन मन्डेला दिवसबाट शुरु भएको नौ हजार आठ सय नौ किलोमिटरको यात्रा क्रिसमस दिवसमा नेपाली भूमिमा प्रवेश गर्नेछ ।


वर्षौंअघि दक्षिण-पूर्वी एसियाको जंगलमा १० हजारभन्दा बढी एक सिंगे गैंडा पाइन्थे । अवैध शिकार र जंगल अतिक्रमणका कारण अहिले सीमित क्षेत्रमा मात्र पाइन थालेका छन् । सन् १९६० मा नेपालमा जम्मा एक सयको संख्यामा एकसिंगे गैंडा पाइने गरेकामा चितवन निकुञ्जले संरक्षण अभियान सञ्चालन गरेर अहिले ६ सयको संख्यामा पुर्‍याएको छ । यसका लागि किंग्सलेले राजनीतिक इच्छाशक्ति र स्थानीय बासिन्दालाई धन्यवाद ज्ञापन गरेका छन् ।

गैंडा चित्रकला युवा अभियानका संस्थापक तथा संरक्षण अभियन्ता किंग्सलेले पाँच वर्षको अवधिमा यस सचेतना अभियानमा पाँच लाखभन्दा बढी दक्षिण अफ्रिकी बालबालिकालाई आबद्ध गरिसकेका छन् । यो अभियानको अवधारणा सामान्य छ तर उत्तिकै प्रभावकारी पनि ।

चित्रकलालाई माध्यमको रूपमा प्रयोग गर्दै विभिन्न संरक्षित क्षेत्र छेउछाउका बस्तीका बालबालिकाहरूलाई गैंडा संरक्षणको महत्वबारे बुझाउँदै उनीहरू स्वयंलाई गैंडा चित्र सन्देश कोर्न प्रेरित गरिन्छ ।

यो अभियानले समुदाय र निकुञ्जबीच सुमधुर सम्बन्ध स्थापित गर्न अवैध शिकारका कारण ग्रामीण रोजगार र पर्यटन व्यवसायमा पर्ने खराब असरबारे परिचित हुने अवसर दिलाउँछ ।

दुवै प्रजाति अटाएको चित्र

केपटाउनदेखि काठमाडौं यात्रा अभियानको प्रारम्भमा नेपाली र दक्षिण अफ्रिकी राष्ट्रिय झण्डा तथा दुवै देशमा पाइने फरक प्रजातिका गैंडा कोरिएको चित्रकलासहित दक्षिण अफ्रिकाको पूर्वी केप र क्वाजुलु-नाटलमा गैंडा चित्रकला प्रदर्शनी र फुटबल प्रतियोगिताको आयोजन गरिएको थियो ।

‘अभियानप्रतिको चासो देख्दा हामी दंग पर्‍यौं,’ परिचित संरक्षण अभियन्ता सिलाग एन्ट्रोबसले भने, ‘उनीहरूले गैंडाको चित्र मात्र कोरेनन्, गैंडा संरक्षणमा नेपाली प्रयासप्रति ऐक्यबद्धता जनाउन मन छुने शब्दसमेत कोरेका छन् ।’

नेपाल यात्राको बाटोमा

केपटाउनबाट नेपालतर्फ अगाडि बढेको अभियानका तीन वटा ल्यान्डरोभर गाडीमा अभियानका क्रममा दक्षिण अफ्रिकामा संकलन गरिएका गैंडा चित्रकला सजाइएको छ ।

उक्त चित्रकला किंग्सलेको टोलीले नेपाल आइपुगेपछि चितवन राष्ट्रिय निकुञ्जका अधिकारी, वन्यजन्तु संरक्षण अभियन्ता र स्थानीय युवालाई वितरण गर्नेछन् ।

७२ वर्षीय दक्षिण अफ्रिकी यायावर हलगेट टोलीका ज्येष्ठ सदस्य हुन् । टोलीले प्राचीन सिल्करुट पछ्याउँदै टर्की, इरान, तुर्कमेनिस्तान, उज्वेकिस्तान र चीन हुँदै नेपाल प्रवेश गर्नेछ ।

हेर्नुहोस् यात्रा रुटको नक्सा


उनीहरूले काराकोरमको पाँच हजार मिटर अग्लो हिमश्रृंखला, टाक्लामकान मरुभूमि, हिन्दूकुशको हाइअल्टिच्युडमा अवस्थित घाँसे मैदान छिचोल्नेछन् ।

दक्षिणी अफ्रिकी महान् नेता नेल्सन मन्डेलाको जन्म शताब्दीको अवसर पारेर केपटाउनबाट समुद्री जल लिई यात्रा प्रारम्भ गरेको टोलीले काठमाडौंको ऐतिहासिक स्थलमा जल विसर्जन गर्ने योजना छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।