टुरिन (एजेन्सी)-पोर्चुगिज तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा खाएको आफ्नो रातो कार्ड साबित गर्न कुनै प्रमाण नरहेको युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो अलेग्रिले बताएका छन् ।
प्रशिक्षक मासिमिलियानोले उनका बारेमा दिएको सुझाबलाई समेत खारिज गरि दिएका छन् । उनका बारेका मासिमिलियानोले कुनै प्रतिक्रिया गरेका छैनन् ।
रोनाल्डोले च्याम्पियनस लिगको आफ्नो पहिलो खेलमा भ्यालेन्सियाविरुद्ध खेल्दा रातो कार्ड खाएका थिए ।
उनले खेलको ३० मिनेटमा नै रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । ३३ बर्षीय रोनाल्डो मैदान बाहिरिए पनि १० खेलाडीमा समेटिएको युभेन्ट्सले भ्यालेनिसयाविरुद्ध २-० ले जित निकालेको थियो । तर, रोनाल्डोले साइतबार राति फ्रोसिनोनसँग खेल्दै आफ्नो निराशालाई मेटाउने प्रयास गर्ने छन् ।
अलेग्रिले रोनाल्डोका कुनै पनि आरोपलाई खारिज गरिदिएका छन् । रोनाल्डोलाई स्टाडिओ बेनिटो स्टिरपेमा एक बिषय सावित गर्न जरुरी छ । जसमा भनिएको छ की पाँच पाटकका बेलोन डि ओर विजेता रोनाल्डोले आफ्नो शानदार करियरमा यस्तो गरेको छु भनेर ।
‘रोनाल्डोले पहिलो ३० मिनेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।’ अलेग्रिले भने, ‘कसैसँग पनि सधै उनी प्रति धेरै आशा हुन्छ । तर, के तपाईलाई लाग्छ की रोनाल्डोसँग अझै पनि आफुलाई सावित गर्न कुनै प्रमाण बाँकी छ ? मलाई लाग्छ की उनले अब खेल्नु र आनन्द लिन जरुरी छ । गोल गर्न सधै जस्तै हुने छ । उनी आफ्नो फुटबल करियरमा सबै थोक सावित गरि सकेका छन् ।’
उनले थपे, ‘उनी धेरै माग हुने खेलाडी हुन् । खासगरि आफैसँग । त्यसैले मलाई लाग्छ की उनी महान खेलाडी हुन् । बुधबारको खेल पहिले देखि नै अतित बनेको छ ।’
जुलाईमा रियल मडिडबाट युभेन्ट्स पुगेका रोनाल्डोले यस सिजन पाँच खेल खेल्दै मात्र दुई गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४