बुधबार, असार १८, २०८२

हिसान भक्तपुर टेबलटेनिसमा मोर्डनको वर्चस्व

प्रथम हिसान भक्तपुर टेबलटेनिस प्रतियोगिता- ०७९ मा मोर्डन स्कुल भक्तपुरले वर्चस्व कायम गरेको छ।
 |  शनिबार, पुस १६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

vianetvianet

भक्तपुर- प्रथम हिसान भक्तपुर टेबलटेनिस प्रतियोगिता- ०७९ मा  मोर्डन स्कुल भक्तपुरले वर्चस्व कायम गरेको छ। प्रतियोगिताअन्तर्गत छात्रातर्फ मोडर्न स्कुल/कलेज सृजनानगर भक्तपुरका दिया देउला प्रथम भइन्। प्रतियोगितामा मोडर्न स्कुलकै रविना श्रेष्ठ दोस्रो र जनप्रेमी स्कुल/कलेज कौशलटारका देविना पौडेल तेस्रो भए।

हिसान भक्तपुरको आयोजना र मध्यपुर थिमी कमेरोटारस्थित सुप्रिम एकेडेमीको संयोजनमा सन्चालित प्रतियोगिताको छात्रतर्फ  सुप्रिम एकेडेमी कमेरोटारका रिजेन श्रेष्ठ प्रथम भए। प्रतियोगितामा मोडर्न स्कुल/कलेज सृजनानगर भक्तपुरका राज कुँवर दोस्रो र मोडर्न स्कुलकै विकेन डिस्ट तेस्रो भए।

प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी छात्रा र छात्रतर्फ क्रमश: जनप्रेमी स्कुलका देविना पौडेल र स्वागत बने। सुप्रिम एकेडेमीका प्रिन्सिपल तथा केन्द्रीय हिसानका सदस्य विरेन्द्र जयनाको सभापतित्वमा सन्चालित प्रतियोगिताको संयोजन सुप्रिम एकेडेमीका इन्चार्ज उदव कार्कीले गरेका थिए।

प्रतियोगिताका विजयी खेलाडीलाई मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे। यसअघि प्रतियोगिताको उद्घाटन १४ पुसमा मध्यपुर थिमी नगरपालिका भक्तपुरका उपमेयर विजयकृष्ण श्रेष्ठले गरेका थिए। 

प्रकाशित: Dec 31, 2022| 12:39 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।