शुक्रबार, जेठ ४, २०८१

बोत्स्वानाका पूर्वराष्ट्रपतिलाई पक्राउ पूर्जी जारी

बोत्स्वानाको एक अदालतले पूर्वराष्ट्रपति इयान खामालाई अवैध हतियार राखेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

काठमाडौं- बोत्स्वानाको एक अदालतले पूर्वराष्ट्रपति इयान खामालाई अवैध हतियार राखेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ।

triton college

अदालतका एक न्यायाधीशले खामालाई  पक्राउ गर्न आदेश दिएका हुन्। ६९ वर्षीय खामा गत वर्ष देश छोडेर छिमेकी दक्षिण अफ्रिकामा बस्दै आएका छन्।

उनले आरोप अस्वीकार गरेका छन। आफूमाथि राजनीतिक षड्यन्त्र भएको उनले बताएका छन्। आफ्नो कार्यकाल पूरा नगरी खामाले सन् २०१८ मा पद छोडेका थिए।

उनीमाथि सम्पत्ति शुद्धीकरण र चोरीको सम्पत्ति ह्यान्डल गरेको आरोपसहित १४ वटा मुद्दा चलिरहेको छ। जारी गरिएको पक्राउपूर्जी पाँचवटा अवैध हतियारको लागि मात्र हो। उनीमाथि गुप्तचर र प्रहरी सेवाका पूर्व प्रमुखहरूसँग संयुक्त रूपमा आरोप लगाइएको छ।

प्रकाशित: Dec 31, 2022| 08:55 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।