काठमाडौं-यूएईमा जारी एसिया कप क्रिकेटको सुपर फोर अन्तरगत उपाधिका दुई प्रमुख दाबेदार टोली भारत र पाकिस्तान भिड्दै छन् । सुपर फोरका आइतबार हुने दुई खेल मध्य अर्को खेलमा बंगलादेशले अफगानिस्तानको सामना गर्ने छ । यी दुईबीचको खेल युएईको दुबईमा हुने छ ।
दुबै खेल नेपाली समय अनुसार बेलुका ५:१५ बाट सुरु हुने छ । समुह चरणको खेलमा भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको थियो । पाकिस्तान समुह चरणको हारको बदला लिने सोचका साथ मैदान प्रवेश गर्ने छ ।
समुह चरणमा फराकिलो जित आत्मासात गरेको भारत उच्च मनोबलका साथ त्यहि नजिता सुपर फोरमा पनि निकाल्न चाहान्छ ।
त्यस्तै समुह चरणमा अफगानिस्तानसँग १३६ रनको अप्रत्याशित हार भोग्न पुगेको बंगलादेश खेलमा सुधार गर्दै फाइनल यात्राको आसा कायमै राख्न जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छ ।
शुक्रबार भएको सुपर फोरको खेलमा भारतले बंगलादेशलाई ७ विकेटले तथा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेका थिए । अब सुपर फोरको अन्तिम खेलमा मंगलबार अफगानिस्तानले भारतसँग र बुधबार पाकिस्तानले बंगलादेशसँग खेल्ने छन् । शीर्ष दुई टोलीले उपाधिको लागि असोज १२ गते दुबईमा भिड्ने छन् ।
समुह ‘ए’ बाट भारत विजेता र पाकिस्तान उप विजेता हुदैँ सुपर फोरमा स्थान बनाउँदा ‘बी’ बाट अफगानिस्तान समुह विजेता हुदाँ बंगलादेश उप विजेता हुदैँ सुपर फोरमा स्थान बनाएका हुन् । श्रीलंका र हङकङ जित विहिन हुदैँ समुह चरणबाटै घर फर्किएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४