मंगलबार, फागुन १९, २०८२

सुकीलाई थप ७ वर्ष जेल सजाय

म्यानमारको एक अदालतले अपदस्थ नागरिक नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको छ।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

काठमाडौं- म्यानमारको एक अदालतले अपदस्थ नागरिक नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको छ। नोबेल पुरस्कार विजेताको १८ महिना लामो सुनुवाइ समाप्त गर्दै अदालतले उक्त सजाय सुनाएको हो।

सुकीलाई हेलिकप्टर भाडामा लिने, खरिद गर्ने र मर्मतसम्भार गर्ने सम्बन्धमा भ्रष्टाचार गरेको अभियोगमा थप सात वर्ष जेल सुनाएको हो। उनका कार्यले राज्यलाई घाटा पुगेको अदालतले जनाएको छ। 

सुकीलाई सैन्य सरकारले सन् २०२१ को फेब्रुवरीदेखि नजरबन्दमा राखेको छ। गत साता मात्र संयुक्त राष्ट्रसंघले सुकीलाई रिहा गर्न आग्रह गरेको थियो। उनीमाथि १९ आरोप लागेको थियो। शुक्रबार अन्तिम ५ आरोपमा सजाय सुनाइएको थियो। सुकी लामो समय देखि घरमा नजरबन्दमा विताएकी छन्।

पत्रकारलाई अदालतको सुनुवाइमा उपस्थित हुन रोक लगाइएको छ भने सुकीका वकिलहरूलाई मिडियासँग बोल्न प्रतिबन्ध लगाइएको छ।

प्रकाशित: Dec 31, 2022| 07:21 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।