इंग्ल्यान्ड (एजेनसी)-शनिबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आफ्नो अपराजित यात्रा जारि राखेको छ । लिगमा साउथह्याम्पटनलाई ३-० को गोलअन्तरले पराजित गर्दै लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राखे को हो ।
यस जितसँगै लिभरपुल लिगको शीर्षस्थानमा उक्लिएको हो । लिभरपुलको जितमा जोएल मटिप र मोहम्मद सलाहले गोल गरेका थिए भने एक गोल आत्मघाती उपहार पाएको थियो ।
सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको १०औं मिनेटमा नै वेस्ले होइडको आत्मघाती गोलबाट अघि बढेको लिभरपुलले २१औं मिनेटमा अग्रता दोब्बर पारेको थियो ।
ट्रेन्ट एलेक्सन्डर अर्नेल्डको पासमा जोएल मटिपले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए । ४५औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुल पहिला हाफमा नै ३-० ले अघि बढेको थियो ।
त्यसपछि दुवै टोलीले गोलका केही अवसरहरु सिर्जना गरेपनि गोल गर्न नसक्दा पहिलो हाफको तीन गोल नै लिभरपुलको जितमा पर्याप्त बन्यो । प्रिमियर लिगमा प्रतिशत जित निकालेको लिभरपुलको ६ खेलबाट १८ अंक पुगेको छ ।
समान खेल खेलेको साविकको विजेता म्यानचेस्टर सिटीलाई २ अंकले तथा एक खेल कम खेलेको चेल्सीलाई ३ अंकले पछि पारेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४