शुक्रबार, साउन १, २०८३

ला लिगा : रियलको संघर्ष पुर्ण जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मड्रिड (एजेनसी)-स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा रियल मड्रिडले एस्पान्योलविरुद संघर्ष पुर्ण जित निकालेको छ । रियलले एस्पान्योसलाई घरेलु मैदानमा १-० को झिनो अन्तरले पराजित गरेका हो । 

यस जितसँगै रियल लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । रियलको जितमा पहिलो हाफको अन्त्यतिर मारको एसेन्सियोले गरेको गोल नै निर्णायक सावित भयो ।

४१ औं मिनेटमा मिडफिल्डर लुका मोड्रीचको प्रहार एसेन्सियोलाई डीफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै निकै बेरपछि गोललाई मान्यता दिएका थिए । 

अन्त्यमा यहि गोल नै खेलमा निर्णायक बन्न पुगेको थियो । अपराजित रियलको लिगमा यो चौथो जित हो । पाहुना टोली एस्पान्योलका लागि बोर्जा इग्लेसिसको प्रहार क्रसबारमा लाग्नु दुर्भाग्यपूर्ण रहयो । 

रियलका पूर्व गोलरक्षक डिएगो लोपेजले खेलको अन्त्यतिर सर्जियो रामोसको प्रहार बचाउँदै खेलमा एस्पान्योलको सम्भावना कायम राखेका थिए । रियलले अपेक्षा गरेअनुसार आक्रमण बुन्न सकेको थिएन । 

यस जितसँगै रियलले बार्सिलोनालाई उछिन्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । आइतबार हुने खेलमा बार्सिलोनाले बराबरी वा जित हासिल गरेको खण्डमा रियल दोस्रो स्थानमा झर्नेछ । बार्सिलोनाले आज जिरोनाको सामना गर्दैछ । 

रियलले ५ खेलमा १३ अंक बटुलेको छ भने बार्सिलोना ४ खेलमा १२ अंक जोड्न सफल रहेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।