शुक्रबार, साउन १, २०८३

भारत जोड्ने पुलको निर्माण तीन महिनादेखि अलपत्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
दार्चुला- लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल-भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ । पुल निर्माण असार महिनादेखि शुरु हुनसकेको छैन । बर्खाको समयमा पानीको सतह बढेको भन्दै रोकिएको निर्माण अझै शुरु भएको छैन । 

०७३ असोज ४ गते पुल निर्माणका लागि मनोमालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । कूल रु एक करोड ३२ लाख लागतमा ठेक्का सम्झौता भएको दुई वर्ष पूरा हुँदा पनि निर्माणको काम जस्ताको त्यस्तै छ । पुलको दुई पटक म्याद थप गरिएको छ । पछिल्लो समय आगामी मङ्सिर महिनासम्मको लागि म्याद थप गरिएको भए पनि काम भने सञ्चालन भएको छैन । 

पहिलो पटक केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हाल्दा तुइन विस्थापन गर्ने निर्णय गर्नु भएपछि पुल निर्माणको लागि टेण्डर भएको थियो । तर दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि पुल निर्माणकार्यले गति लिएको छैन । सो क्षेत्रका नागरिक अहिले पनि ट्युवको सहारामा नदी वारपार गर्ने गर्छन् । पुलको एकापट्टी मात्रै पिलर गाड्ने काम भएको छ । 

पहिलो वर्ष भारत सरकारको स्थानीय प्रशासनले समयमै अनुमति दिन नसक्दा काम भएन, निर्माण व्यवसायी दीपक साउदले भने, गत वर्ष भारतबाट पुल निर्माणका लागि निर्माण सामाग्री ल्याउन सकिएन । अहिले निर्माणस्थलमा सामग्री ढुवानी गरिएको भए पनि नदीमा पानीको सतह नघटेका कारण काम गर्न सकिएको छैन ।
 
चाडपर्व नजिकिएसँगै स्थानीयवासीलाई सामान ओसारपसार गर्ने चटारो चलेको छ, लेकम गाउँपालिका–३ का तारा भण्डारीले भने । उस्तै पनि वारीपारी (नेपाल–भारत) रोटीबेटीको सम्बन्ध छ, वारिका चेली पारि अनि पारिका चेली वारि छन् । तिहारमा झनै माइत आवतजावत गर्नेदेखि लिएर चाडपर्वका सामग्री ल्याउन यही ट्युवको प्रयोग हुन्छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।