शुक्रबार, मंसिर १२, २०८२

सशस्त्र प्रहरी जवान मर्स्याङ्दीमा खसेर बेपत्ता

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ काप्रेभीरबाट मर्स्याङ्दीमा खसेर एकजना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन्।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

National life
Laxmi sunrise bank
kumari

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ काप्रेभीरबाट मर्स्याङ्दीमा खसेर एकजना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन्। 

लमजुङको बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग१ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएका हुन्।

रामेछापको लिखु तामाकोसी गाउँपालिका ४ विजुलीकोट घर भएका महत सशस्त्र प्रहरीको २२ नं गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं गुल्म हेडक्वार्टर चामे मनाङ जाँदै थिए। सशस्त्र प्रहरी बल लमजुङका डीएसपी मानबहादुर शाहीका अनुसार शुक्रबार बिहान १० बजेतिर उक्त घटना भएको हो। उनका अनुसार खोजी कार्यका लागि बेंसीसहरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको छ।

प्रकाशित: Dec 30, 2022| 16:26 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।