शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रकवि शताब्दी वर्षमा प्रवेश, राष्ट्रपतिबाट शुभकामना

राष्ट्रकवि शताब्दी वर्षमा प्रवेश, राष्ट्रपतिबाट शुभकामना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रकवि माधवप्रसाद घिमिरे आइतबार शताब्दी (एक सय) वर्षमा प्रवेश गरेका छन् । 

१९७६ असोज ७ गते लम्जुङ्गको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरे आइतबारबाट एक सय वर्षका भएका हुन् । शताब्दी वर्ष भएको उपलपक्ष्यमा राष्ट्रकवि घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीलगायतका शुभेक्छुकहरुले शुभकामना दिएका छन् । 

राष्ट्रपति भण्डारीले आइतबार बिहान लैनचौरस्थित घिमिरे निवासमा पुगेर घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएकी हुन । उनको सयौं जन्मोत्सवका अवसरमा परिवारले शनिबार साँझ बिशेष कार्यक्रम आयोजना गरेको थियो । उनको निवासमा जन्मदिनको शुभकामना दिनेहरुको भिड लागेको छ ।

स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार घिमिरे बाल्यावस्थादेखी निरन्तर रुपमा लेखनमा सक्रिय थिए । नेपाली साहित्यका कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख प्रबन्ध जस्ता अनेकौं विधा– उपविधाहरुमा उनले निरन्तर कलम चलाउदै आएका छन् ।

गौरी शोक काब्य उनको चर्चित कृति हो । राष्ट्रकवि घिमिरेका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर किन्नरी कविता संङग्रह चर्चित छन् । चर्चित राष्ट्रिय गीत ’गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरे का ’फूलको थुङ्गा बगेर गयो’, ’आजै र राति के देखे सपना’ लगायत गीत कालजयी छन् ।

सय वर्षको उमेरमा समेत उनी अझै साहित्य लेखनमा सक्रिय छन् । कविवर घिमिरे अहिले ‘ऋतम्भरा’ महाकाव्य लेखनमा लागेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।