मंगलबार, वैशाख ३०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कम्बोडियाको होटलमा आगलागी हुँदा १२ तलाबाट हामफालेर मृत्यु रोजेका बाबुले छोरालाई दिएको भावुक सन्देश

कम्बोडियाको होटलमा आगलागी हुँदा १२ तलाबाट हामफालेर मृत्यु रोजेका बाबुले छोरालाई दिएको भावुक सन्देश

परिवारको सुखसयलका लागि कम्बोडियामा रोजगारीका क्रममा पुगेका झापाका ४० वर्षीय निराकार पाण्डेले मृत्यु रोज्नुअघि छोरालाई दिएको अन्तिम सन्देशका शब्दहरूले जोकोहीलाई निःशब्द बनाउँछ।
 |  शुक्रबार, पुस १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

vianetvianet

काठमाडौं– जन्मिएपछि मर्नै पर्ने मानव चोलाका अनगन्ती कुइनेटाहरू कहिलेकाहीँ अविश्वासिला बनिदिन्छन्। परिवारको सुखसयलका लागि कम्बोडियामा रोजगारीका क्रममा पुगेका झापाका ४० वर्षीय निराकार पाण्डेले मृत्यु रोज्नुअघि छोरालाई दिएको अन्तिम सन्देशका शब्दहरूले जोकोहीलाई निःशब्द बनाउँछ।

triton college

पाण्डेले क्यासिनोको १२ औं तल्लाबाट हाम फाल्नुअघि पाण्डेले छोरासँग गरेको हृदयविदारक बातचितबारे अमेरिकी समाचार संस्था सीएनएनलाई उद्धृत गर्दै काठमाडौंबाट प्रकाशित सेतोपाटी डटकमले समाचार प्रकाशित गरेको छ।

कम्बोडियाको पोइपेट सहरमा अवस्थित ग्राण्ड डायमन्ड सिटी होटल तथा क्यासिनो कम्प्लेक्समा गत बुधबार भीषण आगलागी भयो। उक्त आगलागीमा २४ जनाको मृत्यु भएको तथा दर्जनौं अझै हराइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

अमेरिकी समाचार संस्था सीएनएनमा प्रकाशित समाचारअनुसार आगलागी नियन्त्रणमा खटिएका कम्बोडियाली अधिकारीले अहिले मृत्यु भएका व्यक्तिको राष्ट्रियता पत्ता लगाउने काम थालेका छन्। आगलागीका कारण अहिलेसम्म खुलेको छैन।

कम्बोडिया सरकारले अनुसन्धानका लागि एउटा कमिटी गठन गरेको छ। कम्तीमा ७० जना आगलागीमा परेर घाइते भएको जनाइएको छ।

National life insurance

कम्बोडियन अधिकारीले शुक्रबार होटलका कोठामा थप शव फेला पारेको सीएनएसनले जनाएको छ। यसअघि होटलभित्र सबैतिर धुवाँ फैलिएर उद्धारमा कठिनाइ भएकामा अहिले धुवाँ हटेको छ। धुवाँभित्र निस्सासिएर केही व्यक्तिको मृत्यु भएको अनुमान छ।

थाइल्यान्डबाट आएका उद्धारकर्ताका अनुसार केही व्यक्तिले आगलागीपछि होटलबाट तल हाम फालेका थिए। ‘दुई व्यक्तिले होटलबाट हाम फालेलगत्तै मृत्यु भयो। चार–पाँच जनाको खुट्टा भाँच्चिएको छ,’ उद्धारकर्ता पिरापन श्रीसाकोर्नले सीएनएनलाई भने।

होटलका कोठा तथा भ¥याङमा विद्युतीय प्रणाली जडान भएको थियो। आगलागी लगत्तै विद्युत् अवरुद्ध भएपछि होटलभित्र रहेका मानिस बाहिर निस्किन र तल ओर्लन सकेनन्। कोठाभित्रै थुनिएकालाई उद्धार गर्न पनि सम्भव भएन।

होटलबाट कम्तीमा ७०० जना थाई नागरिकको उद्दार गरेर थाइल्यान्डको अस्पतालमा पु¥याइएको थियो। घटनास्थलमा ३०० पुलिस, ११ दमकल तथा केही संख्यामा हेलिकोप्टर पनि परिचालन गरिएका थिए।

अरायाफ्राथेट रेस्क्यू फाउन्डेसनका पिरापनले भवनको तल्लो तलामा रहेको रेस्टुराँबाट आगलागी सुरु भएको आशंका व्यक्त गरे। मौसमको अवस्थाले गर्दा पनि आगो फैलिन मद्दत गरेको उनको भनाइ छ।

‘त्यो राती निकै हावा चलेको थियो,’ उनले भने, ‘सल्किएको आगो केही बेरमै माथिल्लो तलामा पुग्यो र सबैतिर फैलियो। केही मानिस क्रेनले उद्धार गर्न सक्छ भन्ने सोचेर छततिर दौडिए। तर त्यस्तो क्रेन उपलब्ध भएन।’

आगलागीमा ज्यान गुमाउनेमध्ये एक जना नेपाली नागरिक निराकार पाण्डे रहेको कम्बोडिया सरकारलाई उद्धृत गर्दै सीएनएसनले जनाएको छ। झापा घर भएका ४० वर्षीय पाण्डेले आगलागी भएको होटलको १२औं तलाबाट ज्यान बचाउन हाम फाले पनि बाँचेनन्।  हाम फाल्नुअघि निराकारले आफ्ना नाबालक छोरासँग गरेको भिडिओ कुराकानी पनि समावेश गरिएको छ, जसलाई थुप्रैले सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।

निराकारले ९ वर्षीय छोरालाई सम्झाइबुझाइ गरिरहेका बेला उनी बसेकै स्थानमा धुवाँ फैलिसकेको भिडियोमा देखिन्छ। उनले निकै संयमित भएर छोरासँग संवाद गरेका छन्।

‘मैले जे–जति दुःख गरें, हुन्छ कि भनेर कोसिस गरें छोरा। मैले सकिनँ। तिमीसँग बिताएका पलहरू सधैं यादगार रहनेछन्,’ उनले आफ्नो छोरासँग भनेका छन्।

भवनमा आगलागी भएपछि पाण्डेले आफ्नो बुबा, आमा, श्रीमती, छोरा, दाइ र भाइहरूसँग पनि कुराकानी गरेको समाचारमा उल्लेख छ।

भाइबर कलमा पाण्डेले छोरालाई यसरी सम्झाएका छन्

‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है। बाबा अलवेज लभ्स यू। जहाँ भए पनि, जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु है। आर्मन इज द बेस्ट है सानु। अब सुन है। मामुलाई धेरै माया गर्नू, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू। सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न। आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा। अनि त्यसपछि विशेषगरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाउनू। माइजुहरूलाई चित्त नदुखाउनू। उहाँहरूले धेरै गर्नुभएको छ, माइजुहरूले।

लमजुङ बुबाआमाले पनि धेरै गर्नुभएको छ है सानु। तिमी धेरै ठूलो मान्छे बन्नू। ज्ञानी हुनू। अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ। है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु। उसले मलाई दाजु भन्छ। उसलाई एकदम रेस्पेक्ट गर्नू, है बाबु।

भोलिका दिनमा तिमीले उसैलाई सहयोग गर्छ है बाबु। राम्रो मान्छे बन्नू। कसैलाई चिट गर्नुहुन्न छोरा। मैले जे जति दुःख गरें, हुन्छ कि भनेर कोसिस गरेंं छोरा। मैले सकिनँ। तिमीसँग बिताएका पलहरू सधैं यादगार रहनेछन्। सधैं शशी मामु, अग्नि बुबा आमासँग भान्जाहरूसँग तिम्रो मामा यानि कि मेरो साढु है, मेरो जेठान शान्ति साली गोथ्ले, तिम्रो भाइ, आर्या दिदी, सार्थक भाइ, आरभ भाइ सबैलाई माया र इज्जत गर्नू, ज्ञानी बस्नू।’



प्रकाशित: Dec 30, 2022| 15:00 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।