चेल्सीका फरवाडर इडेन हाजार्ड बार्सिलोनाका कप्तान तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोन मेस्सी र युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसँगै समान तहमा रहेको उनका सहकर्मी पेड्रो रोड्रिगेजले बताएका छन् ।
पेड्रोले भने, ‘हाजार्ड विश्वका शीर्ष चार खेलाडी मध्ये एक हुन् । जब तपाई लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, नेयमार र इडेन हाजार्ड देख्नु हुन्छ त उनी विश्वका शीर्ष चार फुटबलर मध्येका एक हुन् ।’ उनले थपे, ‘बेल्जियम सुपरस्टार खेलाडी हाजार्डसँग भविष्यमा बेलोन डि ओर उपाधि जित्न सक्ने क्षमता छ । यस सिजन उनको लय चेल्सीका लागि एक महान संकेत हो र हाजार्ड हाम्रा लागि एक धेरै महत्वपुर्ण खेलाडी समेत हुन् ।’
इंग्लिस प्रिमियर लिगमा चेल्सीका लागि हाजार्डले पाँच खेलमा पाँच गोल समेत गरेका छन् । उनले यस सिजनको सुरुवाती पाँच खेलमा चेल्सीलाई जिताउन महत्वपुर्ण भुमिका खेलेका छन् ।
यस सिजनको च्याम्पियन्स लिगमा चेल्सीले सहभागीता जनाएको छैन् । चेल्सी खेलाडीले आफ्नो प्रदर्शन यस सिजजन आफ्नो घरेलु प्रतियोगितामा देखाउने छन् । जहाँ उनीहरु घरेलु उपाधिका लागि लड्ने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४