सोमबार, कात्तिक १७, २०८२

प्रदेश १ कांग्रेस संसदीय दलको नेताका लागि निर्वाचन हुँदै

प्रदेश १ कांग्रेस संसदीय दलको नेता छान्नका लागि आज निर्वाचन भइरहेको छ।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९
Kumaribank
Metro Mart

मोरङ- प्रदेश १ कांग्रेस संसदीय दलको नेता छान्नका लागि आज निर्वाचन भइरहेको छ। निर्वाचन समितिका संयोजक राष्ट्रसभा सदस्य रमेशजंग रायमाझीले आज बिहान ९ बजेदेखि १० बजेसम्म मतदान हुने कार्यक्रम रहेको जनाएको छ।

दलको नेताका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। प्रदेश सांसद आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, पार्टीका प्रदेश १ सभापति उद्धव थापा र पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले दलको नेतामा उम्मेदवारी दिएका हुन्।

कार्कीका प्रस्तावकमा उदयपुरका रामकुमार खत्री र समर्थकमा इलामका शम्शेर राई छन्। थापाको प्रस्तावकमा मोरङका भीम पराजुली र समर्थकमा खोटाङका भूपेन्द्र राई रहेको निर्वाचन संयोजक राष्ट्रसभा सदस्य रमेशजंग रायमाझीले बताए। अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ् र समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरूङ् छन्।

प्रकाशित: Dec 30, 2022| 09:10 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।