आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सुदूरपश्चिम प्रदेश सभा सदस्यले आज शपथ लिँदै

सुदूरपश्चिमका प्रदेश सभाका सदस्यहरूले आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ लिँदैछन्।
 |  शुक्रबार, पुस १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौं- सुदूरपश्चिमका प्रदेश सभाका सदस्यहरूले आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ लिँदैछन्।  सुरुमा प्रदेश सभाका ज्येष्ठ सदस्य, ६८ वर्षीय मानबहादुर रावलले शपथ लिने कार्यक्रम छ। 

triton college

रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिएपछि दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा अन्य ५२ जना प्रदेश सभा सदस्यहरुको शपथ हुनेछ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले शपथ ग्रहणका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिए। 

प्रदेश सभाका ६ जना सांसद्‌ले मातृभाषामा शपथका लागि नाम टिपाएका छन्। नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी सांसद् गीता चौधरीले मातृ भाषामा शपथ लिन नाम टिपाएका छन्। अन्य सबै सांसद्‌ले नेपाली भाषामा नै शपथ लिने जनाइएको छ। 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९ सांसद् छन्। यस्तै, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ३, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद् छन्।

प्रकाशित: Dec 30, 2022| 07:12 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।