आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • स्थानीय तहले आफैँले बनाएका कानुनका आधारमा काम गर्नुपर्छ : मुख्यमन्त्री केसी

Siddartha premir insuranceSiddartha premir insurance

स्थानीय तहले आफैँले बनाएका कानुनका आधारमा काम गर्नुपर्छ : मुख्यमन्त्री केसी

उनले संरचनागत केही कुरालाई परिमार्जन, संशोधन गरेर पालिकास्तरीय विकासका काम गर्नुपर्ने बताएका हुन्।
 |  बिहीबार, पुस १४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थानीय तहले आफ्ना लागि बनाएका नियम कानुनका आधारमा काम गर्नुपर्ने बताएका छन्। उनले संरचनागत केही कुरालाई परिमार्जन, संशोधन गरेर पालिकास्तरीय विकासका काम गर्नुपर्ने बताएका हुन्।

triton college

गढवा गाउँपालिका–३ स्थित बाघनाथ जङ्गलकुटीमा दाङका १० वटै पालिकाको घुम्ती समन्वयात्मक बैठकमा मुख्यमन्त्री केसीले आफ्नो स्रोतलाई जगेडा गरेर सुशासन कायम गर्न आफ्नै प्रहरी चाहिने हुँदा पालिकाले प्रहरी भर्ना गरेर अहिले देखा परेका समस्या समाधान गर्न आग्रह गरे। 

उनले चाँडै नै स्थानीय प्रहरी ऐन बनाएर लागू गर्दै पालिका प्रहरी परिचालन गरेर काम गरेमा शान्तिसुरक्षामा सहज हुने विश्वास व्यक्त गरेका छन्। सङ्घीयताको पाँच वर्षीय अनुभवलाई हेर्दा सुखद बन्दै गएको उनको भनाइ थियो। राज्य संरचनाका रुपमा पनि हरेक १० वर्षमा संविधानको समीक्षा गर्न सकिने अवस्था रहेको हुँदा प्रदेश सरकारले गरेका कामका बारेमा आउने सरकारले समीक्षा गर्नुपर्ने बताए। 

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले ७२ वटा कानुन निर्माण गर्न सफल भएको जानकारी गराएका छन्। यस्तै निजामती ऐन अन्तिम चरणमा पुगेको बताए। यसले आफ्नो स्थायी प्रशासन व्यवस्थित बनाउन सघाउने उनको भनाइ थियो। बितेको पाँच वर्षमा संविधानको हेरफेरमा रहेका अनुसूची टुङ्ग्याउन नसक्दा प्रदेश प्रहरी संरचना अधुरो रहेको उनको भनाइ थियो। मुख्यमन्त्री केसीले स्थानीय तहमा नदीजन्य पदार्थको अवैध दोहनले निकै समस्या पैदा गरेको हुँदा यसको रोकथाम गर्न र राजस्व चुहावट रोक्न आफ्नै स्रोतसाधनको उपयोगमा अघि बढ्न सचेत गराए।

दाङका नदीनाला तथा खोलाबाट नदीजन्य पदार्थको दोहन रोक्न निकै चुनौती रहेका बेला प्रदेश सरकारको तर्फबाट पनि समयमै काम अघि बढाउने गरी भूमिका खेल्ने उनले बताए। कानुनको अभावमा काम गर्न कठिन हुने हुँदा विद्यमान समस्या नदोहोरिने गरी काममा जुट्न उनले अपिल गरेका छन्। 

Metro Mart
vianet

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्राकृतिक स्रोत साधनको साझा सूचीमा राखिएको कुरालाई स्पष्टरुपमा तीन तहका सरकारलाई राखेको हुँदा स्थानीय सरकारले यसको भरपुर उपयोग हुनुपर्नेमा जोड दिए। गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले नदीजन्य पदार्थ व्यवस्थापनमा समस्या भएको हुँदा चोरी बढेको बताए। राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले नदीजन्य पदार्थको समस्या राप्तीले पनि भोगिरहेको बताए। दिनरात चोरी निकासी भइरहेका बेला प्रहरीले चौबिसै घण्टा सुरक्षा दिन नसक्ने तथा पालिकाको साधनस्रोत जनशक्तिले पनि नियन्त्रण गर्न कठिन परेको उनले बताए।

राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले नदीजन्य वस्तु दोहन रोक्न पालिकाबाट सम्भव नभएको बताएका छन्। स्थानीय तहसँग अधिकार नभएका कारण काम गर्न नसकिएको उहाँले बताए।  कार्यक्रममा दङ्गीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री, बङ्गलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनलगायतले स्थानीय स्रोतसाधनको उपयोगमा अन्तरपालिकाबीच सहकार्य हुनपर्नेमा जोड दिए। 

जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा शर्माले अन्तरपालिकाबीच समन्वय र सहकार्य गर्नुपर्छ भन्ने उद्देश्य पूरा गर्न पालिकास्तरीय घुम्ती समन्वयात्मक बैठक गर्दै आएको बताएका छन्। घुम्ती अन्तक्र्रिया गरेमा स्थानीय तहका समस्याको छलफल गर्ने राम्रो परिपाटी बसेको उनले बताए।   -रासस

प्रकाशित: Dec 29, 2022| 20:25 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।