मंगलबार, साउन १३, २०८२

दक्षिण कोरियाको सुरुङमा आगलागी हुँदा छ जनाको मृत्यु

स्थानीय समयानुसार बुधबार दिउँसो १ बजेर ४९ मिनेटमा आगलागी भएको हो। बस र ट्रकबीचको ठक्करपछि दुर्घटना हुँदा आगलागी भएको र सुरुङमा आगो फैलिएको विश्वास गरिएको थियो।
 |  बिहीबार, पुस १४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

vianetvianet

सउल- दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणमा रहेको ग्वाचेओनमा रहेको दोस्रो ग्योन्गिन एक्सप्रेसवेको ध्वनि प्रतिरोधी सुरुङमा लागेको आगलागीमा परी छ जनाको मृत्यु भएको कोरियाली समाचार संस्था, योनहाप न्यूज एजेन्सीले बिहीबार जनाएको छ।

स्थानीय समयानुसार बुधबार दिउँसो १ बजेर ४९ मिनेटमा आगलागी भएको हो। बस र ट्रकबीचको ठक्करपछि दुर्घटना हुँदा आगलागी भएको र सुरुङमा आगो फैलिएको विश्वास गरिएको थियो।

आगलागीबाट विषाक्त ग्यास निस्किएपछि यसबाट प्रभावित थप २० जनाको उपचार भइरहेको छ।  दमकल अधिकारीहरूले आगो निभाउन करिब ५० दमकल र उपकरणका साथै करिब १४० दमकल परिचालन गरेका थिए।   दिउँसो २:४० बजे आगो लगभग नियन्त्रणमा आएको थियो। 

प्रहरी र दमकलले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरू गरिसकेको बताइएको छ। 

  -सिन्ह्वा

प्रकाशित: Dec 29, 2022| 18:45 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।