बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ : कांग्रेस संसदीय दलको नेताका लागि तीन जनाको उम्मेदवारी

प्रदेश १ : कांग्रेस संसदीय दलको नेताका लागि तीन जनाको उम्मेदवारी

संसदीय दलको नेता बन्नका लागि प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र प्रदेश १ सरकारका मन्त्री रहेका केदार कार्कीले विहीबार उम्मेदवारी दर्ता गरेका छन्।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

National life
Laxmi sunrise bank

विराटनगर- नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेताका लागि तीनजनावीच प्रतिष्पर्धा हुने भएको छ। निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। दलको नेता चयनका लागि शुक्रबार मतदान हुँदैछ। 

संसदीय दलको नेता बन्नका लागि प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र प्रदेश १ सरकारका मन्त्री रहेका केदार कार्कीले विहीबार उम्मेदवारी दर्ता गरेका छन्। दलको नेताका आकांक्षी भीम पराजुलीले भने थापालाई समर्थन गरेका छन्। थापा सिटौला समूहका नेता हुने भने अर्याल र कार्की देउवा र कोइराला निकटका नेता हुन्। 

९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९ जना सांसद छन। तीमध्येबाट ५१ प्रतिशत मत ल्याउने संसदीय दलको नेतामा चयन हुनेछन्।

प्रकाशित: Dec 29, 2022| 18:16 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।