शुक्रबार, साउन १, २०८३

आत्मरक्षाका लागि महिलालाई किक र पञ्च हान्न सिकाईदै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी-पछिल्लो समयमा देशमा बढ्दै भएका महिला हिंसा, बलात्कार जस्ता घटनाको न्यूनिकरण गर्ने उद्देश्यका साथ महिलाहरूका लागि आत्मरक्षा सम्बन्धी शिविरको आयोजना गरिने भएको छ । 

राष्ट्रिय गोजुरियो कराते दो सङ्घको आयोजनामा असोज २० गतेबाट महिलाहरूका लागि आत्मरक्षा सम्बन्धि एक हप्ते शिविर धनगढीमा हुने भएको छ । महिलाको क्षेत्रमा काम गर्दै आइरहेको आरेक नेपाल, कमैया प्रथा उन्मुलन समाज, युवा शान्ति परिषद्, क्रियाशील महिला पत्रकार समूहको सहयोगमा आत्मरक्षा सम्बन्धी शिविरको आयोजना गर्न लागिएको शनिवार धनगढीमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय गोजुरियो कराते दो सङ्घले जनाएको छ । 

सङ्घका महासचिव प्रकाश चन्दले महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटना न्यूनिकरणकमा शिविरले सहयोग पुग्ने अपेक्षा गरिएको बताए । ‘पछिल्लो समयमा प्रदेश ७ मा मात्रै नभएर देशमै बलात्कारपछि हत्याका घटना बढ्दै गएका छन् । हामी शिविरमा लड्न हैन, किक र पञ्चका माध्यमबाट आत्मरक्षा गर्न सिकाउँछौ ।’ चन्दले भने, ‘कसैले महिलामाथि नराम्रो व्यवहार गर्न खोज्यो त्यसबाट बच्न सक्ने बनाउँछौ ।’ 

‘बिहान छोरी चेलीलाई घरबाट पठाउँदा साँझ घर फर्किन्छ कि फर्किदैन भन्ने चिन्ता परिवारमा हुन्छ । त्यसैको अन्त्यका लागि शिविरको आयोजना गर्न लागेका हौ ।’ चन्दले भने । 

असोज २० गतेबाट सुरु हुने दिने शिविरमा प्रदेश ७ का करिव एक हजार महिलाको सहभागिता रहने अनुमान आयोजकले गरेको छ । सहभागी एक हजार महिलाबाट उत्कृष्ट एक सय जनालाई प्रशिक्षकको रूपमा छनौट गरिने र उनीहरूले सम्बन्धित स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गर्नेछन् । 

चन्दले भने, ‘शिविरमा कम्तीमा पनि एक हजार महिलालाई सहभागी गराउने लक्ष्य छ । त्यसमा बलात्कृत महिलादेखि तेस्रो लिङ्गी पनि सहभागी हुदैछन ।’ प्रदेश ७ बाट सुरु गरिने महिलाका लागि आत्मरक्षा सम्बन्धी शिविर प्रदेश एकको बिर्तामोडमा समापन गरिने आयोजकले जानकारी दिएको छ । 

महिलाको क्षेत्रमा काम गर्दै आइरहेको आरेक नेपालका संयोजक विनु रानाले यसलाई अन्य प्रदेश र प्रत्येक स्थानीय तहमा पनि सञ्चालन गरिने बताइन् । शिविर निःशुल्क गरिने पनि सङ्घले जनाएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।