शुक्रबार, असोज ३१, २०८२

चलचित्र विकास बोर्ड महिला सशक्तीकरण समिति सदस्यमा पूजा शर्मा

चलचित्र विकास बोर्डले अभिनेत्री पूजा शर्मालाई महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त गरेको छ। हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९
Kumaribank
Metro Mart

काठमाडौं– चलचित्र विकास बोर्डले अभिनेत्री पूजा शर्मालाई महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त गरेको छ। हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो। 

महिला चलचित्रकर्मीको हकअधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउने कार्यका लागि महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार गठित समितिमा उनलाई सदस्य बनाइएको हो।

एक दशकदेखि पूजा फिल्म क्षेत्रमा छिन्। बोर्डले बुधबारमात्र बोर्डको सल्लाहकार समितिमा वितरकद्धय गोपाल कायस्थ र गोविन्द शाहीलाई नियुक्त गरेको थियो।

प्रकाशित: Dec 29, 2022| 13:31 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।