काठमाडौं- प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड भएको छ। अकाउन्ट लक्ड भएसँगै प्रधानमन्त्रीका ट्वीट हेर्न र कमेन्ट सकिएको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले ट्वीटर अकाउन्ट लक्ड कसरी भयो भन्नेबारे जानकारी नभएको र यसबारे आफूहरुले बुझिरहेको जनाएको छ।
प्रचण्डको सामाजिक सन्जाल ह्याण्डलिङको जिम्मा पाएका सूर्यकिरण शर्माले प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट आफूहरूलाई हस्तान्तरण नभएको र कसले, किन अकाउन्ट लक्ड गर्यो भन्नेबारे बुझिरहेको बताए।
कांग्रेस सभापति शेरबहादुर देउवा पछि प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्टमा प्रचण्डकै फोटो अपडेट गरिएको छ। प्रचण्डको फोटो अपडेट पनि आफूहरुबाट नभएको शर्माले जानकारी दिए।