शनिबार, चैत १४, २०८२

पाँचौ ढोरपाटन राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि एपिएफलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-पाँचौ ढोरपाटन एम-१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले उचालेको छ । शनिबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउदै एपीएफले उपाधि उचालेको हो । 

एपीएफले गण्डकीलाई पहिलो सेटमा २५-१९ ले पराजित गर्दा दोस्रो सेटमा २५-१५ र तेस्रो सेटमा  २५-१७ ले पराजित गरेका थियो । उपाधिसँगै एपीएफले १ लाख नगद पुरस्कार प्राप्त गरेको छ । 

उपविजेता बनेको प्रदेश ४ ले ६० हजारमा चित्त बुझायो । तेस्रो भएको गिताञ्जली कलेजले ३५ हजार प्राप्त गर्यो । तेस्रो स्थानको लागि भएको खेलमा गिताञ्जलीले ढोरपाटन क्लबलाई २५-२८, ३०-२८ र २५-१५ को सेटमा हरायो ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी एपीएफका महेन्द्र श्रेष्ठ घोषित भए । महेन्द्रले एक थान मोटरसाइकल प्राप्त गरे । 

व्यक्तिगत विधातर्फ उत्कृष्ट सर्भर गिताञ्जलीका दौलत सिंह, सेटर एपीएफका दिनेश गिरी, डिफेन्स प्रदेश ४ का राजन दर्लामी मगर, स्पाइकर एपीएफका टेकराज अवस्थी, ब्लकर प्रदेश ४ का हरी पाण्डे, क्वीकर एपीएफका बलिराम चौधरी र प्रशिक्षक एपीएफका ज्ञानेन्द्र विष्ट चुनिए । उत्कृष्ट हुनेले समान ५-५ हजार नगद प्राप्त गरे ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।