शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव आठ डिग्री सेल्सियस

आज काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव आठ डिग्री सेल्सियस

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस भन्दा तल झरेको छ।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

काठमाडौं- आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस भन्दा तल झरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।

National life

त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२ दशमलव १ डिग्री सेल्सियस छ

पश्चिमी वायुको प्रभावले प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ। उक्त प्रणालीको प्रभावले प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीका साथै प्रदेश नम्बर १ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ।

विभागले आगामी २४ घण्टा देशको प्रदेश नम्बर १ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही स्थानमा हुस्सु कुहिरो लाग्ने, दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

प्रकाशित: Dec 29, 2022| 08:40 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।