काठमाडौं- आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस भन्दा तल झरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।
त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२ दशमलव १ डिग्री सेल्सियस छ
पश्चिमी वायुको प्रभावले प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ। उक्त प्रणालीको प्रभावले प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीका साथै प्रदेश नम्बर १ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ।
विभागले आगामी २४ घण्टा देशको प्रदेश नम्बर १ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही स्थानमा हुस्सु कुहिरो लाग्ने, दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।