मंगलबार, साउन १३, २०८२

आन्ध्र प्रदेशमा भागदौड मच्चिँदा आठ जनाको मृत्यु

आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा तेलुगु देशम पार्टीको एक र्‍यालीमा ठूलो भागदौड भएको छ। उक्त भागदौडमा आठ जनाको मृत्यु भएको छ।
 |  बिहीबार, पुस १४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

vianetvianet

काठमाडौं- आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा तेलुगु देशम पार्टीको एक र्‍यालीमा ठूलो भागदौड भएको छ। उक्त भागदौडमा आठ जनाको मृत्यु भएको छ। 

पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक अभियानका क्रममा भागदौड मच्चिँएको हो। हाल राज्य विधानसभामा विपक्षी नेता नायडु कन्दुकुरले शहरको एक सभालाई सम्बोधन गर्ने कार्यक्रम बुधबार साँझ भागदौड मच्चिँएको थियो।

नायडुको गाडि उक्त क्षेत्रबाट गुडिरहेका  बेला भीड सुरु भएको थियो। जम्मा भएको ठूलो भीड नेतालाई भेट्न अगाडि बढ्ने क्रममा भागदौड मच्चिएको थियो। 

स्थानीय अधिकारीहरूले धेरै जना खुला नालीमा खसेको र आठ जनाको मृत्यु भएको बताएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटना लगत्तै बैठक रद्द  भएको थियो। 

नायडुले आफ्ना प्रियजन गुमाएका परिवारलाई १० लाख भारु  क्षतिपूर्ति दिने घोषणा गरेका छन्। उनले पार्टीका नेताहरुलाई घाइतेहरूको राम्रो उपचारको व्यवस्था गर्न समेत आग्रह गरेका छन्।

प्रकाशित: Dec 29, 2022| 07:55 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।