शुक्रबार, साउन १, २०८३

चम्पादेवीका सबै सडक मर्मत गरिँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ओखलढुंगा-चम्पादेवी गाउँपालिकाले आगामी दशैंलाई मध्य नजर गरेर आफ्नो गाउपालिका भारीका सबै सडक संचालन गर्ने भएको छ । दशैंमा आवतजावतमा सजिलो होस भनेर गाँउपालिकाका सबै सडकलाई सञ्चालनमा ल्याउन मर्मतकार्य सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नवराज केसीले बताए । 

अध्यक्ष केसिले दशैंका समयमा धेरै गाउँपालिकावासीहरु काठमाडौंबाट घर फर्कने वातावारण सजिलो बनाउन  र चाडपर्वका बेलामा दैनिक उपभोग्य खाद्यान्न सामानहरुको सहज ढुवानीका लागि सडक मर्मत थालिएको बताए। 

अध्यक्ष केसिका अनुसार गाउँपालिका भित्रका मुख्य सडकहरु रानिवन-घोराखोरी-शेराबेसी, च्यानडाडा-फेदिगुठ फलाटेभञ्ज्याङ्ग हुदै गाउँपालिकासम्म पुग्ने बाटोको मर्मत शुरु गरिएको छ भने गाउँपालिकाबाट पुनटार पलापु हुदै नवलपुर र शेरावेसी-मिस्रभञ्ज्याङ्ग-बिलन्दु डलिडाडासम्म जोड्ने मोटरबाटोमा अब नियमित गाडी गुड्ने गरी मर्मत गर्न लागिएको हो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।