शुक्रबार, साउन १, २०८३

सलाह प्रति धेरै गोलको आशा छैन : प्रशिक्षक क्लोप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इंग्ल्यान्ड (एजेन्सी)-गत बर्ष इंग्लिस प्रिमियर लिगमा सर्वाधिक गोल गरेका मोहमद सलाह प्रति यस सिजन धेरै गोलको आशा नरहेको लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले बताएका छन् । प्रशिक्षक क्लोपले सलाहलाई अगाडी बढाएर समस्या परिरहेको समेत बताएका छन् । 

२६ बर्षीय इजिप्ट राष्ट्रिय टिमका फरवाडर सलाहले पछिल्लो सिजन सबै खाले खेलमा ४४ गोल गरेका थिए । उनले प्रिमियर लिगमा मात्र ३६ खेल खेल्दै ३२ गोल गरेका थिए । 

यस सिजन सुरुवाती ६ खेलमा उनले दुई गोलमात्र गरेका छन् । तर, गत सिजनको सुरुवातमा उनले यस चरणमा एक गोल बढी थियो ।
 
‘कसैले पनि याद गर्दैनन् की गत सिजन सलाहले कसरी सिजनको सुरुवात गरेका थिए’ क्लोपले भने । सालाहले प्रिमियर लिगको पहिलो खेलमा बेष्ट ह्यामविरुद्ध आफ्नो पहिलो गोल गरेका थिए । 

तर, चार हप्ता अगाडी ब्राइटनविरुद्ध आफ्नो दोस्रो गोल गरेपछि उनले आफ्नो व्यक्तीगत तेस्रो गोल गर्न सकेका छैनन् । ‘यो पक्कैपनि संकटको अवस्था हो’ क्लोपले ठट्टा गर्दै भने, ‘यथार्थमा यो कुनै समस्या होईन ।’ 

लिभरपुलले सुरुवाती ५ खेलमा जित निकालेको छ र लिग तालिकाको दोस्रो स्थानमा छ । ‘हामीले गत बर्षको जस्तो गोलको अपेक्षा गरेका छैनौ । तर सम्भव भएसम्म गोल होस भन्ने कामना गछौ । रक्षात्मक रुपमा भन्दा पछिल्ला दुई खेल निकै उत्कृष्ट छन् ।’ 

क्लोपले भने, ‘सालाहको बारेमा भन्नु पर्दा उनी टिमकालागि काम गर्न निकै तयार छन् । फरवार्ड लाईनमा भएका खेलाडीकालागि सामान्य अवस्था हो कि उनीहरु समय हुदैन जब उनले गोल गर्न सक्दैनन् । तर, उनी अहिले पनि एक खतरा हुन । दुवै खेलमा उनी शानदार अवस्था र राम्रो आकारमा छन् ।’

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।