सोमबार, साउन १२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • एनसेल वुमन आइकन आइसिटी अवार्ड: शिला कंसाकार कार्कीले जितिन् ३ लाख

एनसेल वुमन आइकन आइसिटी अवार्ड: शिला कंसाकार कार्कीले जितिन् ३ लाख

यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ।
 |  बुधबार, पुस १३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

vianetvianet

काठमाडौं- यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ। शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो।

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्याएका महिलालाई यो अवार्ड प्रदान गर्ने गरिन्छ। वुमन आइकन विजेतालाई एनसेलले ३ लाख रूपैयाँ नगद प्रदान गरेको थियो।

कार्कीलाई यो अवार्ड नेपाल सरकारका प्रमुख सचिव शंकर दास बैरागी, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल र एनसेलका प्रमुख मानव संशाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए।

विजेतालाई नेपाल टेलिकमले एक वर्ष इन्टरनेट र ह्वावेले क्लाउड सेवा पनि प्रदान गरेको थियो। एनसेलले विगत २ वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूको योगदानलाई सम्मान र उत्प्रेरित गर्न एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्दै आएको छ। गतवर्ष नेपालकै पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधानले ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ पाएकी थिइन्।

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरुप एनसेलले आइसिटी अवार्डमा आवद्ध भएर यो अवार्ड प्रदान गरिरहेको छ।

शिला कंसाकार कार्की नेपालको सूचना प्रविधि क्षेत्रको अग्रणी नाम हो। नेपाल प्रहरीमा कम्प्युटर शाखा स्थापना गर्न महत्वपूर्ण भूमिका खलेकी उनी नेपाल प्रहरीकी पूर्व डीआईजी समेत हुन्। सिस्टम एनालिष्टको रूपमा प्रहरी निरीक्षकबाट सरकारी सेवा सेवा आरम्भ गरेकी कार्की आइसिटी क्षेत्रबाट डीआईजीसम्म पुग्ने पहिलो महिला हुन्।

२८ वर्ष प्रहरी सेवामा बिताएकी कार्की सूचना प्रविधिमा महिलाहरूलाई आकर्षित गर्न र उत्प्रेरित गर्न तल्लिन छन्। सूचना प्रविधिका विभिन्न संघ, संस्थामा क्रियासिल उनले नेपाल प्रहरीलाई डिजिटल युगमा पुर्याउन महत्वपूर्ण योगदान दिएकी छन्।

प्रकाशित: Dec 28, 2022| 17:16 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।