शुक्रबार, वैशाख २५, २०८३

दैजीछेला औद्योगिक क्षेत्रको काम अघि बढ्यो

औद्योगिक क्षेत्रको २ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

कञ्चनपुर- अढाई दशकदेखि चर्चामा रहेको औद्योगिक क्षेत्र निर्माणस्थलका लागि रुख छपानको काम सुरू भएको नगर प्रमुख भोजराज बोहराले बताए।

National life

‘प्रस्तावित औद्योगिक क्षेत्र निमार्णस्थलका लागि २५ हजार रुख छपानको काम सुरू भएको छ,’ उनले भने, ‘रुख छपान सकिएपछि निर्माणअघि बढ्छ यसका लागि सरकारले १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिसकेको छ।’

औद्योगिक क्षेत्रको २ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। रुख छपानको काम सुरू भए पनि जग्गाको स्वामित्व हस्तान्तरण हुन बाँकी रहेको बालाजुस्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ।

‘वन कार्यालयबाट रुख छपानको काम शुरू भएको छ। जग्गाको स्वामित्व हस्तान्तरण प्रक्रियामै छ,’ लिमिटेडका सूचना अधिकारी प्रकाश खड्काले भने, ‘बजेट अपुग र ईआईई लगायतको कामले निमार्णमा ढिलाइ भएको हो।’ उनले झन्झटिलो प्रक्रिया र सरकारको प्राथमिकतामा नपर्नुले पनि औद्योगिक क्षेत्र निमार्णको कामले गति लिन नसकेको बताए।

औद्योगिक क्षेत्र स्थापनाका लागि वडा नम्बर २ स्थित जनचेतना सामुदायिक वन र वडा नम्बर ३ स्थित वेदकोट सामुदायिक वनको ९०० बिघा जमिन उपलब्ध गराउने घोषणा गरिएको थियो। कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले दैजीछेला औद्योगिक क्षेत्रको चर्चा धेरै भएकाले अब स्थापनामा ढिलाइ गर्न नहुने बताए।

‘महाकाली नदीमा बनेको ४ लेनको पक्की पुल भारतको एसियन राजमार्गसँग जोडिए मात्रै औद्योगिक क्षेत्रले सार्थकता पाउँछ,’ उनले भने, ‘औद्योगिक क्षेत्र र नाका भारतसँग जोड्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्छ।’

औद्योगिक क्षेत्रका लागि २०६६ सालमा जिल्ला वन कार्यालयले जग्गा उपलब्ध गराउने निर्णय गरेपछि जनचेतना सामुदायिक वन र बेदकोट सामुदायिक वनको ९०० बिघा जमिन दिने निर्णय भएको थियो। मन्त्रिपरिषद्ले पनि ४ किल्लाभित्र औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरिसकेको छ।

डीपीआर र ईआईएको काम समेत सम्पन्न भइसकेको छ। दैजीछेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लास्टिक, इन्जिनीयरिङ र फेव्रिकेटिङ, मिनरल वाटर, कागज, सिमेन्ट, छड लगायत १०० उद्योग स्थापना गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ। औद्योगिक क्षेत्र स्थापना भए २ हजार बढी व्यक्तिले रोजगारी पाउने छन्।  -रासस

प्रकाशित: Dec 28, 2022| 22:00 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।