फाइल तस्बिर
सुर्खेत- २१ तोला सुनसहित सुर्खेतमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बाँके उपमहानगरपालिका–१४ नेपालगञ्जका सहबुद्दिन जसगढ पक्राउ परेका हुन् ।
नेपालगञ्ज सुनारमण्डीस्थित राज ज्वैलर्सका सञ्चालक समेत रहेका जसगढलाई प्रहरीले जेकजाँचका क्रममा प्रक्राउ गरेको हो । जसगढलाई शनिबार दिउसो सुब्बाकुनाबाट प्रदेश प्रहरीको विशेष ब्यूरोले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी श्यामसिंह चौधरीले जानकारी दिए ।
प्रहरीले चेक गर्नखोजेपछि उनी करिव ३ सय मिटर टाढा मागेको र प्रहरीले लखेटेर प्रक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएका छ । राजस्व अनुसन्धान कार्यालय कोहलपुरले म्याद थप गरी अनुसन्धान शुरू गरेको प्रहरीले बताएको छ । बरामद गरिएको सुन अन्दाजी १२ लाख रुपैयाँ बराबरको हुने अनुमान गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४