शुक्रबार, साउन १, २०८३

दशैंमा टीकाको शुभ साइत ९ बजेर ५१ मिनटमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपालीहरूको महान चाड दशैंका लागि विभिन्न साइत सार्वजनिक भएका छन्। नेपाल पञ्चांग निर्णायक समितिले तिथिअनुसार दशैंमा गरिने सबै कामको साइत तय गरेर सार्वजनिक गरेको छ। 

समितिका अनुसार यस वर्ष २४ असोजमा नवरात्र आरम्भ हुनेछ। त्यस दिन बिहान ७ बजेर १५ मिनटमा घटस्थापनासहित जमरा राख्ने साइत छ। २५ असोज बिहीबार बिहान १० बजेर २४ मिनटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने गौतमले बताए।

२८ असोज आइतबार पचली भैरव यात्रा परेको छ। यसैगरी, ३० असोज मंगललबार फूलपाती भित्र्याइनेछ। सोही दिन बिहान ९ बजेर २१ मिनटमा तुलजा भवानीको यात्रा गराइन्छ। १० बजेर २ मिनटमा भवानीलाई स्थिर आसनमा राखिन्छ। 

३१ असोज बुधबार महाअष्टमी, १ कात्तिक बिहीबार महानवमी, २ कात्तिक शुक्रबार विजयादशमी अर्थात् दशैंको टीका परेका छन्। विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनटमा देवी विसर्जनको साइत निस्किएको छ। देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनटको साइत दिइएको अध्यक्ष गौतमले जानकारी दिए।

विजयादशमीकै दिन बिहान ८ बजेर ३५ मिनटमा तुलजा भवानीको यात्रा गराइन्छ। भवानीलाई बिहान ९ बजेर ४४ मिनटमा स्थिर आसनमा राखिन्छ। ६ कात्तिक मंगलबार सबै बली पूर्ति गरी जमरा सेलाइन्छ।
 
७ कात्तिक बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान चाड बडादशैं समापन हुनेछ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।