शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटारबाट बाहिरिए निवर्तमान प्रधानमन्त्री देउवा

बालुवाटारबाट बाहिरिए निवर्तमान प्रधानमन्त्री देउवा

पूर्वप्रधानमन्त्री देउवा धुम्बाराहीस्थित एक घरमा सरेका हुन्।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

National life

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि निवर्तमान भएका कांग्रेस सभापति देउवाले सरकारी निवास बालुवाटार छाडेका छन्। पूर्वप्रधानमन्त्री देउवा धुम्बाराहीस्थित एक घरमा सरेका हुन्।

देउवाको बूढानीलकण्ठस्थित महल मर्मत भइरहेकाले तत्काल बस्न नमिल्ने अवस्थाका कारण धुम्बाराहीमा घर लिएका हुन्। देउवाले केही महिना भाडा तिर्ने गरी धुम्बाराहीमा घर भाडामा लिएका छन्।

‘बुधबार देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्नुभएको छ। अब तीन–चार महिना धुम्बाराहीमै बस्नुहुन्छ। बूढानीलकण्ठको घर मर्मत सकेपछि मात्रै उहाँ त्यहाँ सर्नुहुन्छ,’ कांग्रेसका एक नेताले भने। १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड सम्भवतः आज वा भोलि (बिहीबार) बालुवाटारस्थित सरकारी निवासमा सर्नेछन्।

प्रकाशित: Dec 28, 2022| 15:12 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।