बिहीबार, असार १८, २०८३

लुम्बिनीलाई सुदूरपश्चिमको १३८ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा जारी पहिलो संस्करणको नेपाल टी२० लिग क्रिकेट प्रतियोगितामा आफ्नो तेस्रो खेलमा फारवेस्ट युनाइटेडले लुम्बिनी अल स्टारलाई १३८ रनको लक्ष्य दिएको छ।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी पहिलो संस्करणको नेपाल टी२० लिग क्रिकेट प्रतियोगितामा आफ्नो तेस्रो खेलमा फारवेस्ट युनाइटेडले लुम्बिनी अल स्टारलाई १३८ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको फारवेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो। उसका लागि देव खनालले सर्वाधिक ४८ रन बनाए। कप्तान हसमतुल्लाह शाहिदी ३२ रन, बिक्रम शोब १५, करण केसी १२, बिनोद भण्डारी र हसिम अन्सारीले समान ११–११ रन बनाए । 

लुम्बिनीका लागि शेडलीले २ विकेट लिँदा किशोर महतो, सागर ढकाल र हरमिता सिंहले समान १–१ विकेट लिए। लुम्बिनीको प्लेइङ ११ मा दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, गुलशन झा, सागर ढकाल, किशोर महतो, सुनिल धमला, शड्ली भान सेक्किक, विपुल शर्मा र हरम्रीत सिंह छन्। लुम्बिनी जारी लिगमा अपराजित रहँदै तालिकाको शिर्ष स्थानमा रहेको छ। फारवेस्टले दुई खेल खेल्दा एक जित तथा एक हार व्यहोरेको छ। 

फारवेस्ट युनाइटेडको प्लेइङ ११ मा करण केसी, विनोद भण्डारी, भीम सार्की, देव खनाल, राशिद खान, भुवन कार्की, हरिशंकर शाह, शेर मल्ल, हासिम अन्सारी, हशमतुल्लाह शाहिदी र उमेर अली खान छन्।


प्रकाशित: Dec 28, 2022| 11:07 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।