सोमबार, मंसिर २९, २०८२

धनुषामा रेलले यात्रु किच्यो, घटनास्थलमै मृत्यु

धनुषामा रेलले किचेर बुधबार एक यात्रुको मृत्यु भएको छ। विदेह नगरपालिकास्थित वैदेही स्टेसनमा रेलले किचिएर उनको मृत्यु भएको हो।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं– धनुषामा रेलले किचेर बुधबार एक यात्रुको मृत्यु भएको छ। विदेह नगरपालिकास्थित वैदेही स्टेसनमा रेलले किचिएर उनको मृत्यु भएको हो।

National life

रेल भारतको जयनगरबाट जनकपुरधामतर्फ आउँदै थियो। वैदेही स्टेसनबाट रेलमा चढ्न लाग्दा खुट्टा अड्किएपछि किचिएर यात्रुको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए। उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ।

गुडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर ती व्यक्ति रेल्वे लिकमा खसेका थिए। लिकमा खसेका व्यक्तिको सोही रेलले किचेर मृत्यु भएको हो।


प्रकाशित: Dec 28, 2022| 10:55 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।