सोमबार, साउन १२, २०८२

काकीको हत्या आरोपमा भतिज पक्राउ

आफ्नै काकीको हत्या आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टि निवासी २० वर्षीय दिलीपकुमार साह रहेका छन्।
 |  बुधबार, पुस १३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

vianetvianet

आफ्नै काकीको हत्या आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टि निवासी २० वर्षीय दिलीपकुमार साह रहेका छन्। 

सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया कवितादेवी साहको शव भेटिएको थियो भने उनका १४ महिने छोरा घाइते अवस्थामा फेला परेका थिए। उक्त घटनाको अनुसन्धान गर्दै जाँदा दिलीपको संलग्नता रहेको खुलेपछि म‌गलबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

मृतकको अनुहारमा गम्भीर चोट लागेको पाइएको प्रहरीले जनाएको छ। रक्ताम्य र अर्धनग्न अवस्थामा कवितादेवीको शव फेला परेको थियो। दिलीप श‌कास्पद अवस्थामा भेटिएका थिए। उनको हातको बूढीऔंला तथा घाँटीमा घाउ रहेको प्रहरीको भनाइ छ। दिलीपसित कवितादेवीको मोबाइलसमेत फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: Dec 28, 2022| 10:32 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।