धनगढी- कैलालीको अत्तरियाबाट नौ किलो ३४० ग्राम चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गोदावरी नगरपालिका–२, बसपार्कस्थित कलक जप्रेलले सञ्चालन गरेको नवीन होटेलबाट बझाङको दुर्गाथली गाउँपालिका–७, काँडाका ३६ वर्षीय यमराज दौल्याल पक्राउ परेका हुन्।
उनलाई होटेलको १०१ नम्बर कोठाबाट चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।