शनिबार, चैत १४, २०८२

प्रिमियर लिग : आज आठ खेल हुँदै, लिभरपुलको यात्रा अपराजित रहला ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
इंग्ल्यान्ड (एजेन्सी)-इंग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न आठ खेलहरु हुँदैछन् । अघिल्ला पाँच खेलमा शतप्रतिशत जित सहित १५ अंक जोडेको लिभरपुल आफ्नो अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । 

यता, पाँच खेलमा एक मात्र जित निकाल्न सफल साउथह्याम्पटन दोस्रो जितको खोजीमा हुनेछ । यसै साता च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई हराएको लिभरपुल उच्च मनोबलका साथ मैदान उत्रनेछ । 

लिभरपुलले साउथह्याम्पटनसँग घरेलु मैदानमा बेलुका ७:४५ खेल्दैछ । 

आज हुने पहिलो खेलमा फुलहम र वाट्फोर्डले प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ ।

बेलुका ७:४५ बजे साबिकको विजेता सिटीले कार्डिफसँग उसैको मैदानमा खेल्ने छ भने युनाइटेडले घरेलु मैदानमा वुल्भ्ससँग, बर्नेलीले बर्नेमाउथ, क्रिस्टल प्यालेसले न्युकासल युनाइटेड र लेष्टर सिटीले हडर्स्फिल्डविरुद्ध खेल्नेछ । 

टोटेनहमले आजै ब्राइटनको सामना गर्दैछ । ब्राइटनको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १०:१५ मा सुरु हुनेछ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।