शुक्रबार, मंसिर १२, २०८२

गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ मा

गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गते आह्वान गरिएको छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेदेखि प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन्।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

लेखनाथ- गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गते आह्वान गरिएको छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेदेखि प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन्।

National life

‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन यही पुस १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेशसभा भवन नदीपुरमा आरम्भ हुनेगरी आह्वान गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ’, प्रदेश प्रमुख गुरुङको सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

अधिवेशनअघि नवनिर्वाचित सांसदलाई सपथ खुवाउने तयारी छ। प्रदेश प्रमुख गुरुङले यही पुस १३ गते बुधबार गण्डकी प्रदेशसभा सदस्य मध्ये ज्येष्ठ सदस्य पर्वत जिल्ला निर्वाचन क्षेत्र नं १ को (१) बाट निर्वाचित मित्रलाल बस्याललाई सपथ खुवाउने तयारी गरिएको हो। 

प्रत्यक्ष निर्वाचित तथा समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बनेका सबैलाई सपथ खुवाउने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ। ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका आठ, राप्रपाका दुई र नेकपा एकीकृत समाजवादीका एक सांसद छन्। 

प्रकाशित: Dec 28, 2022| 07:51 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।