शनिबार, कात्तिक १, २०८२

पोखरा गोल्डकप भोलिबाट, बढ्यो पुरस्कार रकम

पोखरामा आज एक पत्रकार सम्मेलन गर्दै आयोजकले उपाधि विजेताको पुरस्कार रकम दुई लाख थप गरि १२ लाख पुर्याएको जानकारी दिएको हो।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं- भोलिबाट पोखरामा सुरु हुने २२औं संस्करणको आहा रारा पोखरा गोल्डकपको पुरस्कार रकम वृद्धि भएको आयोजक सहारा क्लबले जानकारी दिएको छ। पोखरामा आज एक पत्रकार सम्मेलन गर्दै आयोजकले उपाधि विजेताको पुरस्कार रकम दुई लाख थप गरि १२ लाख पुर्याएको जानकारी दिएको हो।

Kumaribank

‘प्रतियोगिताको २२औं संस्करण हामीले पौष १४ गते देखि २३ गते सम्म पोखरा रङ्गशालामा प्रतियोगिता संचालन गर्ने जानकारी गराउँदछौं,’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘प्रतियोगिताको कुल आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैया र कुल खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ।’

यो प्रतियोगिताको अघिल्लो संस्करणको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै विभागीय क्लब एपीएफले जितेको थियो। यो वर्ष पनि एपिएफले सहभागीता जनाएको छ। उ सँगै आर्मी, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी,  मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब भुटनिज युवा क्लब, नेपाल प्रहरी फुटबल क्लब र संकटा क्लब पनि सहभागी छन्।

प्रतियोगितामा दोस्रो हुने टिमले ६ लाख रुपैयाँ पाउने छ भने बेस्ट अफ फाइभ र सर्वाधिक गोलकर्ताले नगद पुरस्कार २५ हजार रहेको आयोजकले जानकारी गराएको छ। 

आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ,  ‘२२औं संस्करणमा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर के सी स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ। हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना प्रशिक्षार्थी छन् उक्त एकेडेमीको श्रोत नै यस प्रतियोगिता रहेको हुँदा सम्पूर्ण खेलप्रेमीहरुबाट सहयोगको अपेक्षा राखेका छौँ।’

Metro Mart

त्यस्तै, प्रतियोगिता अवधिभरमा एक लाख रुपैयाँ बराबरको चाउचाउ निःशुल्क मुख्य प्रायोजक द्वारा वितरण गरिने पनि आयोजकले बताएको छ साथै यस पटकको टिकट दर प्रि र क्वाटर फाइनलमा सय, सेमी फाइनल दुई सय र फाइनल को तीन सय कायम गरिएको आयोजकले बताएको छ।

भीआईपी तर्फको भने क्रमशः दुई सय, चार सय र पाँच सय रहने आयोजले जानकारी दिएको हो। यो संस्करणमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङ्गले पाउने भएका छन् यो पुरस्कार यसअघि भरत खवास, किरण चेम्जोंग, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विस्टले पाएका थिए।

प्रकाशित: Dec 27, 2022| 20:16 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।