शनिबार, कात्तिक १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बक्सिङ छनोटमा ईन्द्र र सुलभको जित, च्याम्पियनसिपमा तीन खेलाडी छनोट

बक्सिङ छनोटमा ईन्द्र र सुलभको जित, च्याम्पियनसिपमा तीन खेलाडी छनोट

नेपाल बक्सिङ संघको आयोजनामा गत सोमबारबाट सुरु भएको खुला छनौट प्रतियोगिताको पहिलो दिन सुस्माले र दोस्रो दिन शुलभ र इन्द्रले जित निकालेका हुन्।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

ललितपुर- आउँदो २०२३ जनवरी १६ देखि २८ तारिखसम्म थाइल्यान्डको राजधानी बैंककमा हुने अन्डर-२२ पुरुष तथा महिला बक्सिङ  च्याम्पियनसिप छनौटमा सुस्मा तामाङ, शुलभ माली र ईन्द्र सुनारले जित हासिल गरेका छन्।

Kumaribank

नेपाल बक्सिङ संघको आयोजनामा गत सोमबारबाट सुरु भएको खुला छनौट प्रतियोगिताको पहिलो दिन सुस्माले र दोस्रो दिन शुलभ र इन्द्रले जित निकालेका हुन्। 

सातदोबाटोस्थित बक्सिङ हलमा भएको ५७ केजि तौलसमूहको सेमिफाइनल खेलमा बोसीगाउँका शुलभ मालीले बक्समाण्डुका सिङ्गविर लिम्बुलाई अंकको आधारमा जितेका छन्। त्यस्तै, आर्मीका ईन्द्रबहादुर सुनारले केवाईबीसीका निर्मल सुवेदीविरुद्ध आरएसीका आधारमा जित हासिल गरेका छन्।

पहिाले दिनको खेलअन्तर्गत महिला ४८ किलो तौल समुहको फाईनल खेलमा जेनेक्सकी तेजीमाया गुरुङ्गलाई अंकको आधारमा पराजित गर्दै सुस्मा तामाङ्गले युनानिमस को आधारमा विजय हासिल गर्दै छनौट चरण पार गरेकी छन्।

त्यसै गरी महिला ५७ किलो तौल समुहमा बक्समाण्डुका हेमा राईले झापाका सुस्मिता राईलाई अंकको आधारमा पराजित गर्दै छनौट चरण पार गरेकी छन्।

Metro Mart

छनोटको पहिलो दिन नै, पुरुष ४८ किलो तौल समुहमा भएको फाईनल खेलमा बक्समाण्डुका लक्ष्मण राई र एचटुओका लाल प्रसाद उप्रेतिबीच भएको खेलमा स्पलिट डिसिजनका आधारमा एचटुओका लाल प्रसाद उप्रेती छनोट भएका छन्।  

छनौट चरणका अन्य खेलहरु भोलि बिहान ८ बजेबाट सञ्चालन हुने आयोजक संघले जानकारी दिएको छ।

प्रकाशित: Dec 27, 2022| 19:49 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।