सोमबार, मंसिर २९, २०८२

पहिलो टी-२० मा हङकङको जित

पहिलो टी–२० खेलमा हङकङ क्रिकेट क्लबले मंगलबार आयोजक बागमती प्रदेशलाई ५७ रनले हराएको छ।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं- बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट श्रृङखलाअन्तर्गत पहिलो टी–२० खेलमा हङकङ क्रिकेट क्लबले मंगलबार आयोजक बागमती प्रदेशलाई ५७ रनले हराएको छ।

National life

मूलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली हङकङले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १६८ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो। बागमती प्रदेशले जवाफमा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो।

बागमतीका लागि विन्दा कट्वाल र खुशी डङ्गोलले सबभन्दा बढी १८–१८ रन बनाए। यसैगरी मेलिसा गुरुङले १७, सलिना सिलवालले १५ र अस्मिता खरेलले १५ रनको योगदान दिएका थिए। हङकङकी इमान चाइले दुई तथा कारेन पुमले एक विकेट लिए। घरेलु टिमका पाँच ब्याटर रनआउट भए।

प्लेयर अफ दि म्याचसमेत बनेकी लेमन छुङ्गे हङकङको पारीमा ३१ बल खेल्दै छ चौकासहित सर्वाधिक ४० रन बनाएर आउट भइन्। लेमन नै सर्वश्रेष्ठ खेलाडी घोषित भइन्। यसैगरी बेटी चानले २७ बलमा चार चौकासहित ३३ रनको महत्त्वपूर्ण पारी खेलिन्। ओपनिङ ब्याटरद्वय इमा चाइले १५ र केरी चानले २६ रनको योगदान गरे जहाँ बागमतीकी सोनी पाख्रिन र मेलिसाले दुई–दुई तथा अस्मिना कर्माचार्य र खुशीले एक–एक विकेट हात पारे।

यस नतिजासँगै दुई खेलको टी–२० शृंखलामा हङकङले अग्रता बनाएको छ। दोस्रो खेल बिहिबार हुनेछ। यसअघि बागमतीले ४० ओभरको दुई खेलको शृंखला क्लिन स्विप गरेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 27, 2022| 19:29 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।