बुधबार, पुस १६, २०८२

माओवादी प्रदेश १ संसदीय दलको नेतामा आङ्बो

नेकपा माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो निर्विरोध निर्वाचित भएका छन्।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

विराटनगर- नेकपा माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो निर्विरोध निर्वाचित भएका छन्। 

National life

माओवादीबाट दलको नेता चयन भएका आङ्बो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री हुन्। प्रदेशमा सबैभन्दा लामो समय मन्त्री बनेको अनुभव उनीसँग छ। 

पूर्वमुख्यमन्त्री शेरधन राई र हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा उनले एउटै मन्त्रालयको जिम्मेवारी पाएका थिए। 

दलको नेतामा सांसद (प्रदेशसभा सदस्य) दुर्गाप्रसाद चापागाईं पनि दाबेदार थिए। माओवादीका नेता एवं प्रदेश सांसद राजेन्द्र कार्की ‘नवीन’ले आङ्बोलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको जानकारी दिए। 

आङ्बो यसअघि पनि माओवादीको संसदीय दलका नेता थिए। मंसिर ४ गतेको निर्वाचनबाट उनी पाँचथरको ‘ख’बाट दोस्रोपटक निर्वाचित भएका हुन्।

Laxmi sunrise bank

प्रकाशित: Dec 27, 2022| 18:21 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।