सोमबार, मंसिर २९, २०८२

महिला यू–२० फुटबलका ४१ खेलाडी बन्द प्रशिक्षणमा

नेपाली यू २० महिला फुटबल टिमको प्रारम्भिक टिम घोषणा भएको छ। महिला यू २० टिमका मूख्य प्रशिक्षक याम प्रसाद गुरुङले बन्द प्रशिक्षणमा ४१ खेलाडीलाई राखेका अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं– नेपाली यू २० महिला फुटबल टिमको प्रारम्भिक टिम घोषणा भएको छ। महिला यू २० टिमका मूख्य प्रशिक्षक याम प्रसाद गुरुङले बन्द प्रशिक्षणमा ४१ खेलाडीलाई राखेका अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ।

National life

बंगलादेशको ढाकामा आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगिताको लागि खेलाडी छनोट गरिएको हो।

नेपालसँगै आयोजक बंगलादेश, भारत र भुटानको सहभागीता रहेको प्रतियोगिता राउन्ड रोबिन शैलीमा हुनेछ। राउन्ड रोबिनबाट शीर्ष दुई टिमले फाइनल खेल्नेछन्।प्रतियोगितामा नेपालले तेस्रो दिन फेब्रुअरी ५ मा भ्ुटान, फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ। उसले पहिलो दिन भने आयोजक टिमको सामना गर्नेछ।

यसअघि नेपालले बंगलादेशमै भएको यू १५ साफको उपाधि जितेको थियो।

छनोट भएका खेलाडी

Laxmi sunrise bank
kumari

गोलकिपर: कविता विक, सावित्री किशन, लिला जोशी, पुजा थापा, सुजाता तामाङ, मिरा राई

डिफेन्डरः रोजिना विष्ट, अनिशा कुँवर, दीपा पुन, सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, शोभा क्षेत्री, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, गंगा रोकाया, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, सुशीला केसी, बिर्सना चौधरी, सुष्मा जीटी, सलिना सारु, मणिद्रा राई, कुसुम खतिवडा, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माछामासी, सरस्वती राई, दीपाली हमाल, सरस्वती शाह

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द, वर्षा ओली, सदिपा भोलान, सेनु परियार

प्रकाशित: Dec 27, 2022| 17:50 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।