शुक्रबार, मंसिर १२, २०८२

गण्डकी प्रदेशसभाको पहिलो बैठक १८ पुस मा

गण्डकी प्रदेशसभाको अधिवेशन यही पुस १८ सुरु हुने भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम उक्त दिन दिउँसो ३ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन्।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

पोखरा- गण्डकी प्रदेशसभाको अधिवेशन यही पुस १८ सुरु हुने भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम उक्त दिन दिउँसो ३ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन्।

National life

अधिवेशन प्रदेशसभा भवन नदीपुरमा हुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले मंगलबार विज्ञप्तिमार्फत जनाएका छन्। त्यसअघि प्रदेश प्रमुख गुरुङले बुधबार प्रदेशसभामा ज्येष्ठ सदस्य नेकपा एमालेका मित्रलाल बस्याललाई शपथ खुवाउने कार्यक्रम छ। बिहीबार बस्यालले अन्य प्रदेश सांसदलाई शपथ खुवाउने छन्।

६० सदस्यीय गण्डकी प्रदेशसभामा विभिन्न ५ राजनीतिक दलको प्रतिनिधित्व रहेको छ। प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्रबाट जितेर नेकपा एसमा प्रवेश गरेका राजीव गुरुङ सदस्य रहेका छन्।

एमालेले नेता खगराज अधिकारी र राप्रपाले पंचमान गुरुङलाई संसदीय दलको नेता चुनिसकेका छन्। कांग्रेसले बुधबार दलको नेता चुन्ने तालिका सार्वजनिक गरेको छ भने माओवादी केन्द्रले पनि छिट्टै टुंग्याउने जनाएको छ।


Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 27, 2022| 17:47 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।