शनिबार, चैत १४, २०८२

सुपर ४ मा भारतको सुखद सुरुवात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
बठमाडौं-एसिया कप क्रिकेट अन्तरगत सुपर ४ चरणको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य भारतले ३७ औं ओभरमा प्राप्त गरेको थियो ।

भारतका लागि कार्यवाहक कप्तान एवं ओपनर रोहित शर्माले नटआउट १ सय ४ बलको सामना गर्दै ५ चौका र ३ छक्काको मद्दतमा ८३ रनको योगदान दिए । रोहितले शिखर धवनसँग मिलेर सुरुआती विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।

धवनले ४७ बल खेल्दै ४ चौका र १ छक्कासहित ४० रन बनाए । अम्बाटि रायुडूले १३ रन र महेन्द्रसिंह धोनीले ३३ रनको योगदान दिए । बंगलादेशका लागि मसरफे मोर्ताजा, शकिब अल हसन र रुबेल हुसेनले १-१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको बंगलादेशले ५० औं ओभरमा सबै विकेट गुमाउदै १ सय ७३ रन जोडेको थियो । ओपनरद्धय लिटन दास र नज्मुल हुसेन सान्टो ७–७ रनमा आउट भएका थिए । 

शकिब अल हसन १७, मुश्फिकर रहिम २१ रन र मोहमद मिथुनले ९ रनमात्र जोडे । त्यस्तै महामुदुल्लाहले २५ तथा मोसदेकले १२ रनको योगदान दिए । भारतका लागि स्पिनर रविन्द्र जडेजाले उत्कृष्ट प्रदर्शन गरे । 

उनले ४ विकेट लिने क्रममा २९ रनमात्र खर्चे । खेलको म्यान अफ द म्याच उनी नै भए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।